स्मार्ट लाइसेन्स जाँच्ने मेसिन छैन ट्राफिकसँग « Eglish Khabarhub

स्मार्ट लाइसेन्स जाँच्ने मेसिन छैन ट्राफिकसँग


१५ भाद्र २०७३, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

sm_insideकाठमाडौं । सरकारले ५० हजार भन्दा बढि सवारी चालकलाई स्मार्ट लाइसेन्स वितरण गरिसक्दा पनि जाँच गर्ने ट्राफिक प्रहरीलाई भने एउटा पनि मेसिन उपलब्ध गराएको छैन् । मेसिन नहुदाँ ‘मापसे’ लगायत बिभिन्न कारबाहीमा ट्राफिक प्रहरीलाई समस्या परेको छ ।

‘हामीलाई अहिले सम्म एउटा पनि उपकरण पाएका छैनौं’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक लोकेन्द्र बहादुर मल्लले क्लिकमाण्डुलाई भने । ‘यस्ता लाइसेन्सको कसरी परिक्षण हुन्छ भन्ने सामान्य ‘ओरेन्टिएसन’ भएको छैन्’ ।

पुराना कागजका लाइसेन्समा ‘मासपे’ कारबाहीमा परेकालाई प्वाल पारेर छाड्ने गरेको ट्राफिक प्रहरी स्मार्ट लाइसेन्सलाई के गर्ने भन्नेमा प्रस्ट निर्देशनको पर्खाइमा छ । ‘स्मार्ट लाइसेन्स बोक्नेले मापसे गर्दैनन् भन्ने कुरा भएन, त्यसैले हामीले आफ्नै किसिमले कारबाहीको रेकर्ड राख्न थालेका छौँ ।‘ मल्लले भने ।

‘स्मार्ट’ छैन वितरण पनि

तीन वर्षभित्र देशभर पुराना र नयाँ सबै सवारी चालकलाई स्मार्ट कार्ड वितरण गर्ने योजना बनाएको सरकारले ८ महिना वितिसक्दा जम्मा ५० हजारलाई वितरण गर्न सकेको छ । यातयात व्यवस्था विभाग वागमती अञ्चल कार्यालयबाट मात्र वितरण भइरहेको यस्तो लाइसेन्स प्रकिया अत्यतै सुस्त र झन्झटिलो छ ।

‘ट्रायल पास भएको करिब डेढ महिनापछि लाइसेन्स पाएको छु,’ नुवाकोटका अभिषेक राइले भने,’पुरानो भन्दा अत्यन्तै झन्झटिलो लाग्यो ।’ सरकारले प्रयाप्त तयारी विनै स्मार्ट सवारी लाइसेन्स वितरणको प्रक्रिया अघि बढाएपछि वितरण नै स्मार्ट हुन नसकेको चालकहरुको गुनासो छ ।

कार्ड छाप्ने जिम्मा र पूर्वाधार निर्माणको काम भारतको ‘मद्रास सेक्यूरिटी पि्रन्टर्स’ कम्पनीले लिएको छ । कार्ड छपाईका लागि मेसिनको अभाव छ । बाग्मती कार्यालयमा हाल तीनवटा मात्र मेसिन छन् । एक मेसिनले दैनिक दुईसय मात्र कार्ड छाप्छ ।

‘सुरुवातीको अवस्था भएकाले लोड थाम्न सकिएको छैन्, सरकारले सुरुमा तयार पारेको कार्ययोजना भन्दा लाइसेन्स बनाउने चालकहरुको संख्या बढी भएकाले समस्या भएको हो’ यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने ।

नेपालमा झण्डै २३ लाख विभिन्न किसिमका लाइसेन्स जारी भएकोमा २२ लाख लाईसेन्स ‘एक्टीभ’ रहेको विभागको तथ्याक छ । पुराना सबै लाइसेन्सलाई स्मार्टकार्डका रुपमा रुपान्तरण गर्न कम्तिमा २ वर्ष लाग्ने अनुमान गरिएको छ  तर अहिलेको गतिमा सम्भव छैन ।

के हुन्छ स्मार्ट लाइसेन्समा ?

स्मार्ट लाइसेन्स बैंकको एटिम जस्तै  देखिने डिजिटल प्रविधियुक्त कार्ड हो । जुन सहजै पर्समा राखेर बोक्न सकिन्छ । घामले नखुइलिइने, पानीले नभिज्ने र सहजै नभाँचिने गरी बनाइएको छ ।

एटीएमजस्तै यसको पनि बीचमा सूचना रहने चिप्स हुन्छ । त्यसमा चालकको परिचयपत्र, सवारी नम्बरलगायत सवारी र चालक दुवैको सम्पूर्ण तथ्याङ्क हुन्छ ।

महानिर्देशक श्रेष्ठका अनुसार यो अन्तराष्ट्रिय स्तरको भएकाले चालक र सरकारलाई दुवैलाई फाइदा जनक छ । ‘नक्कली लाइसेन्सधारीलाई पक्राउ गर्न देखि राजश्व सङ्कलनका हिसाबले धेरै प्रभावकारी छ,’ उनले भने । कारबाहीमा परेमा चालकको रेकर्ड राख्न पनि यस कार्ड उपयोगी भएको उनले बताए ।

कार्डका लागि मतदाता नामावलीका लागि जस्तै यातायात कार्यालयले नै फोटो खिच्ने व्यवस्था मिलाउँछ । स्मार्ट कार्डमा हुने सम्पूर्ण तथ्याकं विभागको ‘सर्भर र सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहनेछ । कार्ड रिडर मेसिन ट्राफिक प्रहरी र विभागका कर्मचारी दुवैले प्रयोग गर्नेछन् ।

कार्डमा परिचय, डिजिटल प्रणालीबाट लिएको हस्ताक्षर र बुढी औंलाको छाप साथै कुन सवारी साधन चलाउने तोकिएको हुन्छ.।  स्मार्ट कार्डमा इलेक्ट्रोनिक चिप कार्ड हुन्छ । पछि स्मार्ट कार्ड ब्लु बुकको साटो पनि प्रयोग हुनेछ जसमा सवारी चालको सम्पूर्ण परिचय र सवारी दर्ता नम्बर उल्लेखित हुन्छ ।

प्रकाशित मिति : १५ भाद्र २०७३, बुधबार ००:००  ७ : ५६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping