२८ मंसिर २०८२, शनिबार

उखु क्रसिङमा ढिलाइ हुँदा किसानलाई चिन्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sugar-farmer

बर्दिवास । उखु क्रसिङमा ढिलाइ हुँदा महोत्तरीका किसान अघिल्लो बाली लगाउन नपाइने चिन्ताले पिरोलिएका छन् ।

जिल्लाको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले क्रसिङमा ढिलाइ गरेपछि खुट्टी उखु (दोस्रो वर्षको उत्पादन लिइने उखुबाली) ठीक समयमा कटान हुन नसक्दा उर्बर जग्गा अघिल्ला पाँच महिनासम्म बाँझो रहने किसानलाई चिन्ता छ ।

खुट्टी उखु काटेर गहुँ र तरकारी बाली पुस तेस्रो साताभित्रै लगाइ सक्नुपर्नेमा उखु क्रसिङ अझै हुन नसक्दा उनीहरु चिन्तित भएका हुन् । गत वर्ष नाकाबन्दीका कारण चिनी मिल सञ्चालनमा ढिलाइ हुँदा आठ हजार हेक्टर जग्गा पाँच महिनासम्म बाँझो रहेको उखु उत्पादक सङ्घका जिल्ला अध्यक्ष श्याम शाशङ्करले बताए ।

‘यसपालि नयाँ बाली लगाउने आस मर्न थालेको छ,’ उनले भने । यस वर्ष करिब चार हजार हेक्टरमा खुट्टी बाली लगाइएको छ । गहुँ र तरकारी लगाउन नपाउँदा जग्गा असारसम्म बाँझो रहने भङ्गाहा गाविस– ४ का लाली महतोले बताए।

गत वर्ष खुट्टी र मुडन (पहिलो वर्ष उत्पादन लिइने उखुबाली) गरी करिब २६ हजार हेक्टरमा लगाइएको थियो । यस वर्ष खेती घटेर १२ हजार हेक्टरमा झरेको छ । समयमा क्रसिङ नहुँदा, तौल नहुँदा, क्रसिङ पूर्व मूल्य निर्धारण नहुँदा र उखुको मूल्य समयमा नपाउँदा किसानले दिक्क भएर खेती छाड्दै गएका अध्यक्ष शाशङ्कर बताउँछन् ।

गत वर्ष उखु क्रसिङमा ढिलाइ हुँदा करिब १० हजार हेक्टर जग्गामा किसानले असार लागेपछि मात्र बाली लगाउन पाएका थिए । गत वर्ष जेठ नलाग्दै मिल बन्द हुँदा आपm्नो १० कट्ठा क्षेत्रफलको उखुबाली खेतमै डढेलो लगाउनुपरेको भङ्गाहा– ४ का केशवराज शर्माले बताए ।

उद्योगका पाटपुर्जा मर्मत र मेसिनको चेकजाँच गरेर क्रसिङ खोलिने उद्योगका प्रबन्धक कृष्णचन्द्र दासले बताए । रासस