पर्यटन प्रवर्धनमा हिमाली क्षेत्रको महत्वपूर्ण भूमिका: मन्त्री जोशी « Eglish Khabarhub

पर्यटन प्रवर्धनमा हिमाली क्षेत्रको महत्वपूर्ण भूमिका: मन्त्री जोशी


२५ मंसिर २०७३, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

पोखरा । जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीले मुलुकको पर्यटन प्रवद्र्धनमा हिमाली क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा आयोजित तेस्रो पर्वतीय महोत्सवको आज उद्घाटन गर्दै उनले विकटता र न्यून जनसङ्ख्याका कारण हिमाली क्षेत्रको विकासले गति लिन नसकेको बताएका छन् ।

जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव उच्च हिमाली क्षेत्रमा परेका कारण त्यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको बताउँदै मन्त्री जोशीले कार्बन उत्सर्गन कम गर्न इन्धनको नवीकरण एवम् वैकल्पिक ऊर्जामा सरकारले जोड दिँदै आएको बताएका छन् ।

पर्वतीय क्षेत्रमा पर्यटन प्रवद्र्धनको खाँचो औँल्याउँदै उहाँले महोत्सव ज्ञान, सीप र प्रविधिको विकासमा अनुकरणीय हुने विश्वास व्यक्त गरे।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले विश्वका आठ हजारभन्दा बढी उचाइ भएका १४ मध्ये नेपालमा रहेका आठवटा हिमचुचुराको प्रवद्र्धन गरी पर्यटन विकास गरिनुपर्ने बताए ।

गुणस्तरीय पर्यटक भित्र्याउनुका साथै बसाइँ लम्ब्याउने उद्देश्यले सरकारले सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने तयारी गरिरहेको अधिकारीको भनाइ थियो ।

नेपालका लागि श्रीलङ्काका राजदूत डब्लुएस पेडेराले नेपाल र श्रीलङ्काबीच सदियाँै वर्षदेखिको सम्बन्ध रहेको बताउँदै दुई देशको पर्यटन प्रवद्र्धनका लागि तीन महिनादेखि सिधा हवाई उडान सुरु भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा आयोजित दुईदिने सो महोत्सवमा विभिन्न ज्ञान, सीप र प्रविधिअन्तर्गतका ४० वटा कक्ष रहेका छन् । विशेष गरी हिमाली क्षेत्रमा खेलिने छेलो, धनुषवाणलगायतका खेलको प्रतियोगिता हुने महोत्सवका संयोजक कुशल गुरुङले बताएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७३, शनिबार ००:००  ८ : १३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping