एउटा कम्पनीको सेयर खुलेको बेला अर्कोले सेयर खोल्न नपाउने « Eglish Khabarhub

एउटा कम्पनीको सेयर खुलेको बेला अर्कोले सेयर खोल्न नपाउने


१ पुस २०७३, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । एकै समयमा धेरै वटा कम्पनीको सेयर निष्कासन (आइपिओ) भएर सबैको सेयर भर्न नपाइ रहनु भएको छ भने अब चिन्ता नगर्नुहोस् । अब एउटा कम्पनीको सेयर खुला रहेको बेला अर्को कम्पनीको सेयर खुलाउन नपाइने भएको छ ।

यसैगरी कम्पनीले सेयर निष्कासन गर्दा लामो सार्वजनिक बिदा भएको समय पनि पार्न पाउने छैनन् ।

धितोपत्र बोर्डले हालै ल्याएको धितोपत्र दर्ता तथा निष्कासन नियमावली-२०७३ मा यसप्रकारको व्यवस्था गरिएको हो । नियमावलिमा भनिएको छ धितोपत्रको विक्री खुल्ला गर्दा लामो सार्वजनिक विदा पर्ने वा एकै समयमा धेरै धितोपत्र निश्काशन भएको अवस्था आउन नदिन सतर्कता अपनाउनु पर्नेछ ।

यो पनि पढ्नुहोस्- अरुको नाममा आइपिओ हाले पैसा जफत हुने

यसअघि कम्पनीका तर्फबाट मर्चेन्ट बैक (निष्कासन तथा बिक्री प्रबन्धक)ले सेयर खुला गर्दा ठुला व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको प्रभावमा परि लामो सार्वजनिक विदाको समयमा पार्दै आएका थिए । यसोगर्दा ऋण लिएर सेयरमा आवेदन दिनेलाई व्याज बचत गर्न सजिलो हुन्छ । उदाहरणका लागिसेयरको बिक्रीबन्द हुने दिन बिहिबार बनाए बिहिबार दिएको चेक शुक्रबार र शनिबार दुई दिन साटिदैन ।

चेक नसाटिएपछि खाताबाट पैसा नझिकिँदाचेकमा लेखिएको पैसाको व्याज लाग्दैन । यसबाट आवेदकले दुई दिनको व्याज बचाउन सक्छ । तीन दिन बिदा परे तिन दिनको व्याज बच्न जान्छ । यसोगर्दा कारण परेको सेयरको लागत घट्छ ।

यसैगरी अर्काको नाममा आवेदन दिनेले मर्चेन्ट बैंकका कर्मचारीको मिलेमतोमा अघिल्ला दिनको मिति राखेर बिदाको समयमा चेक तथा आवेदन बुझ्ने गर्दथे । यसो गर्दा बिक्री बन्द भएको मिति सम्मपरेको आवेदन संख्यालाई आधार मानि आवेदन दिने वा नदिने भन्ने निर्णयसमेत गर्दै आएका थिए ।

सेयर विश्लेषक रविन्द्र भट्टराई भन्छन- नियमावलिमा भएको यो व्यवस्था राम्रो भए पनि कार्यन्वयन गराउने प्रमुख भुमिका धितोपत्र बोर्डको नै हुनेछ । कम्पनीलाई सेयर निश्कासनको स्वीकृति दिदानै बोर्डले यसप्रकारको अवस्था आउन दिनु हुँदैन । आउने भए परिवर्तन गर्न लगाउनु पर्छ । नियममा लेखिनुभन्दा ठुलो कुरा कार्यान्वयन हो ।

पढ्नुहोस् सेयर विश्लेषक रविन्द्र भट्टराईको लेख- सर्बहारा अर्थमन्त्रीको गरिबमारा सेयर नीति

प्रकाशित मिति : १ पुस २०७३, शुक्रबार ००:००  २ : ०६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping