मुस्ताङको कागबेनीमा हावाबाट १ मेगावाट बिजुली निस्कियो « Eglish Khabarhub

मुस्ताङको कागबेनीमा हावाबाट १ मेगावाट बिजुली निस्कियो


१ पुस २०७३, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । मुस्ताङको कागबेनीमा परीक्षणको रुपमा एक मेगावाट क्षमताको वायु ऊर्जा प्रणाली जडान हुने भएको छ । नेपालको ‘एभरेष्ट बिन इनर्जी’ प्राली र दक्षिण अफ्रिकाको ‘एभरेडी क्यास्ट्रोल इनर्जी’को सहकार्यमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा वायु ऊर्जा उत्पादन गर्न लागिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’का विज्ञान प्रविधि सल्लाहकार डा रवीन्द्र ढकाल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वायु ऊर्जा विभाग प्रमुख सन्तोष राई, एभरेष्ट बिन प्राली र दक्षिण अफ्रिकाका प्रतिनिधिको संयुक्त अध्ययन टोलीले केही दिन पहिले मुस्ताङको कागबेनीमा परीक्षणको रुपमा तत्काल एक मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदन तयार पारेको थियो ।

विश्वभर चलनचल्तीमा रहेको प्रविधिभन्दा दक्षिण अफ्रिकाको प्रविधि नेपालका लागि योग्य हुनसक्ने परीक्षणको क्रममा थाहा भएको सल्लाहकार डा ढकालले बताए। हाल उपलब्ध प्रविधि ६ मिटर प्रतिसेकेन्डभन्दा बढी बेगमा हावा चलेमा बन्द हुने र विद्युत् उत्पादन गर्न नसक्ने रहेको छ । तर दक्षिण अफ्रिकाको प्रविधि भने प्रतिसेकेन्ड ७.५ मिटरभन्दा बढी बेगमा समेत विद्युत् उत्पादन गर्न सक्ने रहेको छ ।

मुस्ताङमा जुनसुकै मौसममा पनि उलेख्य मात्रामा हावा चल्ने भएकाले वायु ऊर्जाको लागि सो स्थान धेरै पहिलेदेखि चर्चामा रहेको भए पनि काम अगाडि बढ्न सकेको थिएन । नेपाल विद्युत् प्राधिकरणले २५/२५ किलोवाट क्षमताको दुईवटा टर्वाइन राखेर विद्युत् उत्पादन गरेपनि हावाको बेग सहन गर्न नसक्ने पङ्खा जडान गरिएका कारण सो प्रणाली हाल बन्द छ ।

मुस्ताङको कागबेनी, मार्फा, मुक्तिनाथ, माथिल्लो मुस्ताङका जुनसुकै स्थानमा समेत वायु ऊर्जा प्रणाली जडान तथा विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । सन् २००८ मा संयुक्त राष्ट्रसङ्घले गरेको अध्ययनअनुसार नेपालमा तीन हजार मेगावाट विद्युत् वायु ऊर्जामार्फत उत्पादन गर्न सकिन्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा मात्रै ७०० मेगावाटको सम्भावना छ । सबैभन्दा बढी सम्भावना मुस्ताङमा देखिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अध्ययनले पनि मुस्ताङमा १० मिटर प्रतिसेकेन्ड हावा लाग्ने प्रशस्त स्थान रहेका छन् ।

प्रचलनमा रहेका प्रविधिअनुसार एक रोपनी जग्गामा पाँच सय किलोवाट वायु ऊर्जा उत्पादन गर्न सकिन्छ । तर अफ्रिकाको नयाँ प्रविधिबाट सोही क्षेत्रमा एक मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । सो प्रविधिअनुसार एउटा टर्वाइनबाट ३.५ किलोवाट विद्युत् उत्पादन गर्न सकिन्छ ।

नेपालमा वायु ऊर्जाको सम्भावना भए पनि विद्युत् खरिद दर, लगानीको वातावरण तथा सरकारको सहजीकरणको अभावमा उल्लेख्य मात्रामा लगानी भित्रन नसकेको हो । तर वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जुम्लाको तातोपानीमा १५ किलोवाट, मकवानपुरको भोर्लेनी र नवरपरासीको धौवडीमा १०÷१० किलोवाट क्षमताको वायु ऊर्जा उत्पादन गरिसकेको छ ।

केन्द्रका वायु ऊर्जा विभाग प्रमुख राईले नेपालका अन्य स्थानभन्दा मुस्ताङ नै उपयुक्त रहेको र केन्द्रले समेत तीन वर्षदेखि जिल्लाका विभिन्न स्थानमा हावाको परीक्षण गरिरहेको बताए । “दक्षिण अफ्रिकाको प्रविधि नेपालका लागि उपयुक्त हुनसक्छ । त्यसले हावाको बेग सहन गर्नसक्ने र सामान्य हावामा पनि विद्युत् उत्पादन गर्न सक्ने देखिएको छ,” उनले भने ।

मुस्ताङको एउटै स्थानमा आठ किलोमिटर लामो खुल्ला मैदान छ । सो स्थानमा वायु ऊर्जाको सम्भावना अत्याधिक रहेको छ । यस्तै सप्तगण्डकी, कोसी र कर्णालीका दक्षिणी र मध्य दक्षिणी भेगमा वायुको गति भारतको राजस्थानको जत्ति नै रहेको छ । भारतको राजस्थानमा दुई हजार ५०० मेगावाट विद्युत् वायु ऊर्जाबाट निकालिएको छ ।

त्यस्तै नेपालको सुर्खेत, अछामका दुईवटा गाउँमा समेत सम्भावना देखेर बोलपत्र आह्वान भइसकेको छ । घरायसी प्रयोगमा समेत उपयोगी हुने भएकाले बढी हावा चल्ने जुनसुकै स्थानमा वायु ऊर्जा प्रणाली जडान गर्न सकिन्छ । वायु ऊर्जा प्रणालीबाट तत्कालै उत्पादन सुरु हुने भए पनि सुरुमा लागत बढीपर्ने भएकाले लगानीकर्ता लगानी गर्न हिच्किचाइरहेको बेला एभरेष्ट बिन इनर्जीले परीक्षणको रुमपा मुस्ताङमा विद्युत् उत्पादनको तयारी गरेको हो ।

एभरेष्ट बिन इनर्जीका अध्यक्ष डिल्लीराज पोखरेलले परीक्षणको रुपमा विद्युत् उत्पादनको तयारी गरेको बताए । नेपालमा वायु ऊर्जाको अत्याधिक सम्भावना भए पनि सरकारले वातावरण नबनाउँदा लगानीकर्ता लगानी गर्न इच्छुक नभएकाले सरकारले अनुदान दिने प्रणालीमा पुनः विचार गर्नुपर्नेमा उनले जोड दिए ।

सरकारले वायु ऊर्जाबाट उत्पादन हुने विद्युत्को तत्काल विद्युत् खरिद दर समेत तय गर्नुपर्ने देखिन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वायु ऊर्जाको सम्बन्धमा प्रक्रिया अगाडि बढाएको भए पनि लगानी बोर्डमा दर्ता भएको ‘द’ गोर्खाज यूके’ लिमिटेडको अधिकृत पुँजी एक अमेरिकी डलर मात्रै पाइएको छ । सो कम्पनी हाल आफ्नो सम्पर्कमा नरहेको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७३, शुक्रबार ००:००  ३ : ०५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping