निजी उद्योगको आइपीओः उद्योगी बोलाएर यसैहप्ता छलफल गर्दै धितोपत्र बोर्ड « Eglish Khabarhub

निजी उद्योगको आइपीओः उद्योगी बोलाएर यसैहप्ता छलफल गर्दै धितोपत्र बोर्ड



काठमाडौं । निजी उद्योगहरुको साधारण सेयर (आइपीओ) जारी गर्ने विषयमा नेपाल धितोपत्र बोर्डले यसैहप्ता देखि छलफल अघि बढाउने भएको छ ।

बोर्डले आगामी बिहीबार निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरु बोलाएर छलफल गर्न लागेको हो ।

‘धितोपत्र निष्काशन तथा दर्ता नियमावली-०७३ ले निजी कम्पनीहरुले पनि साधारण सेयर जारी गर्न पाउने व्यवस्था गरेको छ,’ बोर्डका प्रवक्ता निरज गिरीले क्लिकमाण्डूसँग भने, ‘यसलाई कसरी प्रभावकारीरुपमा कार्यान्वयन गर्ने भनेर यही बिहीबार निजी क्षेत्रका उद्योगीहरुसँग छलफल कार्यक्रम राखेका छौं ।’

यही मंसिर पहिलो साता जारी भएको नियमावलीमा निजी क्षेत्रका उत्पादनमूलक उद्योगहरुले पनि आइपीओ जारी गर्न मिल्ने व्यवस्था गरिएको थियो ।

त्यही नियमावलीअनुसार बोर्डले धितोपत्र दर्ता तथा निर्देशिका तयार गर्न लागेको हो ।

‘सरोकारवालाहरुसँग छलफल गरी पुसभित्रै निर्देशिका जारी गर्ने तयारी गरेका छौं,’ गिरीले भने ।

निजी क्षेत्रका उत्पादनमूलक उद्योग चलाउने उद्योगीहरुले पनि आफूहरु साधारण सेयर जारी गर्न तयार भएको बताउँदै आएका छन् ।

यो पनि पढ्नुहोस्- अर्घाखाँची सिमेन्टले ‘आइपीओ’ जारी गर्ने

 

Publish on: