२२ मंसिर २०८२, आइतबार

लगानीकर्ताको आरोप- सेयर बजारलाई धितोपत्र बोर्ड र नेप्सेले नै जुवा घर बनाए !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले विभिन्न समयमा गरेका प्रतिवद्धता पुरा नगरेको भन्दै सेयर लगानीकर्ताहरु आन्दोलित भएका छन् ।

लगानीकर्ताहरुले बैंकलाई सेयर दलालको इजाजत दिनुपर्ने लगायतका ६ बुँदे माग राख्दै लगानीकर्ताहरुले बुधबार विहान १० बजेदेखि दिउसो १ बजेसम्म नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गरेका हुन् ।

‘आज हामीले जे माग उठाएर आन्दोलिन गरिरहेका छौं ती हाम्रा माग होइनन् विभिन्न समयमा धितोपत्र बोर्ड र नेप्सेले गरेका प्रतिवद्धताहरु कार्यान्वयन होस् भनेर दबाब दिएका हौं,’ नेपाल इन्भेष्टर फोरमका ध्यक्ष उत्तम अर्यालले घेराउमा उपस्थित लगानीकर्ताहरुलाई भने ।

अनलाइन कारोबारको बारेमा आइतबारसम्ममा आफ्नो आधिकारिक धारणा सार्वजानिक गर्न संघले अल्टिमेटम दिएको छ ।

‘धितोपत्र बोर्ड र नेप्सेले नै सेयर बजारलाई जुवाघर जस्तो बनाइरहेका छन्,’ अर्यालले भने, ‘सेयर बजारलाई जुवाघर नबनाउन तत्काल बजार निर्माता भित्र्याइसोस् गरियोस् ।’

२१औं शताब्दीमा पनि नेप्सेले सेयरको आधुनिक कारोबार गर्न नसकेको लगानीकर्ताहरुको आरोप छ । पुँजी बजारको आकार बढेपछि ब्रोकरको संख्या पनि बढाउनुपर्ने उनीहरुको माग छ ।

के के छन् माग ?
१, बैंकलाई यथाशिघ्र ब्रोकर लाइसन्स दिइयोस् ।
२, ब्रोकरलाई यथाशिघ्र उपत्यका बाहिर शाखा विस्तार गर्न दिइयोस् ।
३, अनलाइन सिस्टम यथाशिघ्र कारोबार गरियोस् ।
४, बोनस, हकप्रद, मर्जर र सूचिकृत सम्बन्धि नीति नियम प्रष्ट होस् ।
५, बजार निर्माता ल्याउन पहल गरियोस् ।
६, गैर आवासिय नेपाली (एनआरएन) लाई पुँजी बजारमा भित्र्याइयोस् ।