प्रधानमन्त्रीको हस्तक्षेपपछि बीमा समिति अध्यक्ष नियुक्ति रोकियो « Eglish Khabarhub

प्रधानमन्त्रीको हस्तक्षेपपछि बीमा समिति अध्यक्ष नियुक्ति रोकियो


१४ पुस २०७३, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकमा अर्थमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले बीमा समितिको नयाँ अध्यक्ष नियुक्तिका लागि ३ जनाको नाम प्रस्ताब गरे ।

माओवादी जनयुद्धमा ३ वर्ष जेल भोगेका पोखरा विश्वविद्यालयका लेक्चर डा. रविन्द्र घिमिरेलाई नियुक्ति गर्नेगरी अर्थमन्त्रीले मन्त्रिपरिषदमा ठाडो प्रस्ताब गरेका थिए ।

अर्थमन्त्रीले गरेको प्रस्ताबमा रविन्द्र घिमिरे, चिरञ्जीबी चापागाईँ र खेम बराल रहेको एक मन्त्रीले क्लिकमाण्डूलाई जानकारी दिए ।
तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो विषयमा पछि छलफल गरौैंला भन्ने जवाफ दिए । प्रधानमन्त्रीको जवाफपछि अर्थ मन्त्री चुप लागे । सो विषय त्यतिकै टुङ्यिो ।

प्रधानमन्त्रीय पद्दतिमा मन्त्रिपरिषदमा प्रधानमन्त्रीले गरेको प्रस्ताब पारित हुन्छ । अन्य कुनै मन्त्रीले गरेको प्रस्ताबमा प्रधानमन्त्रीको पूर्ण समर्थन भयो भने त्यो पनि पारित हुन्छ ।

तर, प्रचण्डले आफ्नै पार्टीका नेतासमेत रहेका महराको प्रस्तावमाथि पछि छलफल गर्ने बताए पछि बीमा समिति अध्यक्ष नियुक्ति आज सम्भब भएन ।

प्रधानमन्त्री निकट स्रोतहरुका अनुसार प्रचण्डले रमेश गिरीलाई बीमा समितिको अध्यक्ष बनाउन सक्छन् ।

यसअघिका नारिक लगानी कोषका कार्यकारी प्रमुख ऋषिराम गौतमको पनि समितिको अध्यक्ष बन्ने संभावना भएको स्रोतहरुको दाबी छ । माओवादी निकट गौतम प्रचण्डको ससुरालीतिरको साइनोसमेत पर्ने गरेको स्रोतहरु बताउँछन् ।

‘बीमा समितिको अध्यक्ष बन्न होडमा पछिल्लो समय रमेश गिरी निकै अघि देखिएका छन्, प्रधानमन्त्री आफैंले गिरीको नाम नलिए पनि प्रधानमन्त्री निकटहरुले गिरी वा गौतम नै हुने बताउन थालेका छन्,’ प्रधानमन्त्री निकट स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

तर, जनयुद्धकालमा जेलसमेत भोगेका डा. घिमिरेलाई नै अध्यक्ष बनाउनुपर्ने अर्थमन्त्री महराको अडान छ । महराले प्रचण्डलाई ‘कन्भिन्स’ गर्न सके भने घिमिरे नै बीमा समितिको अध्यक्ष हुने स्रोतहरुको भनाई छ ।

‘पार्टीको आन्तरिक विषयमासमेत महरासँग छलफल गर्ने प्रचण्डले बीमा समितिको अध्यक्ष नियुक्ति गर्ने सवालमा नसोध्ने भन्ने कुरै हुँदैन, तर यो विषयमा प्रधानमन्त्रीले चासो राख्नु भएपछि के हुन्छ भनेर यसै भन्न सक्ने अवस्था छैन,’ अर्थमन्त्री निकट स्रोतले भन्यो ।

यही पुस ७ गते ४ वर्षे कार्यकाल पुरा गरी डा. फत्तबहादुर केसी बाहिरिएपछि बीमा समितिमा नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढेको हो । अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले समितिको अध्यक्ष नियुक्ति गर्ने भएकाले यो राजनीतिक नियुक्ति हो ।

प्रष्टीकरण
मन्त्रिपरिषद बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले डा. घिमिरे वा चापागाईमध्ये कुनै एक जनालाई समितिको अध्यक्ष बनाउन ठाडो प्रस्ताब पेश गरेका थिए । तर प्रधानमन्त्रीले तेस्रो मान्छे ल्याउन सकिन्छ कि ? भनेर महरासँग प्रतिप्रश्न गरेका थिए ।

प्रधानमन्त्री र अर्थमन्त्रीबीच यस्तो छलफल लम्बिने देखिएपछि एक मन्त्रीले ‘तपाइहरु बसेर मिलाउनुस्’ भन्ने राय दिएका थिए । सोही राय अनुसार पछि डा. घिमिरेलाई नै समितिको अध्यक्ष बनाइएको हो । हामीले यो समाचार सोही बैठकमा सहभागी एक मन्त्रीसँग गरिएको कुराकानीमा तयार पारेका हौं ।

-सम्पादक

प्रकाशित मिति : १४ पुस २०७३, बिहिबार ००:००  ११ : ५८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping