उपत्यकाको नदीबाट एघार मेट्रिक टन फोहर व्यवस्थापन « Eglish Khabarhub

उपत्यकाको नदीबाट एघार मेट्रिक टन फोहर व्यवस्थापन



काठमाडौं । उपत्यकाका प्रमुख नदी सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बागमती सफाइ महाअभियानको एक सय ९२ औँ हप्तामा आज सिनामङ्गलदेखि तिलगङ्गा क्षेत्रमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका समाजशास्त्री पुरुषोत्तम कँडेलले जानकारी दिए ।

सफाइमा समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको संस्थागत सहभागिता थियो । सफाइको नेतृत्व पूर्व सचिव किशोर थापाले गरेका थिए ।

रुद्रमती सफाइको एक सय ५१ औँ हप्तामा आज बूढानीलकण्ठ नगरपालिकाको भङ्गालमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता पुरुषोत्तम कोइरालाले जानकारी दिए ।

विष्णुमती सफाइको एक सय २४ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको महादेव खोलामा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइसँगै सो क्षेत्रका घर÷घर गई जनचेतना पनि फैल्याइएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिए ।

Publish on: