२९ मंसिर २०८२, आइतबार

बैंकहरुलाई गभर्नरको आग्रहः संस्थागत निक्षेप घटाउनुस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले बैंक तथा वित्तीय संस्थालाई संस्थागत निक्षेपको हिस्सा कम गर्न निर्देशन दिएका छन् ।

लगानी योग्य रकम (तरलता) को अभावमा १२ प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेप उठाएको बेला गभर्नर नेपालले व्यक्तिगत निक्षेप आकर्षित गर्न सुझाव दिए ।

‘साधारण जनताका निक्षेपलाई कम र संस्थागत निक्षेपलाई बढी प्राथमिकतामा राख्ने प्रवृत्तिलाई अन्त्य गरिनु जरुरी छ, वित्तीय सन्तुलनका लागि केन्द्रीय बैंकले आफ्नो भूमिका निर्वाह गरिराखेको छ’, राष्ट्रिय वाणिज्य बैंकको ५२औं वार्षिक उत्सवमा आयोजित कार्यक्रममा गभर्नर नेपालले भने ।

जनताले बैंकमा सकंलन गरेका निक्षेपलाई जथाभावी लगानी गर्ने र लगानी गरेको देखाइ नाफा बढी खोज्ने बंैक तथा वित्तीय संस्थालाई कारबाहीको दायरामा ल्याउन लागिएको उनले जानकारी दिए ।

कार्यक्रममा बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पुस मसान्तसम्म कुल निक्षेप १ खर्ब ३८ अर्ब र कर्जा ९३ अर्ब ४८ करोड रुपैयाँ पुगेको जानकारी दिँदै यस अवधिमा करिब १ अर्ब ३० करोड खुद मुनाफा भएको बताए ।