कुलेश्वरमा आगलागी हुँदा तीन करोडको क्षति « Eglish Khabarhub

कुलेश्वरमा आगलागी हुँदा तीन करोडको क्षति


१७ माघ २०७३, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । कुलेश्वरको नयाँबस्तीस्थित टहरामा गएराति भएको आगलागीबाट करिब तीन करोड २२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
कालीमाटीस्थित महानगरीय प्रहरी वृत्तका अनुसार आगलागीबाट २७ वटा सटर जलेका छन् । सो बस्तीका घरवेटी ब्रम्ह् महर्जनले सटर बनाइ भाडामा सञ्चालन गरेका थिए । उक्त बजारमा १२ जनाले विभिन्न पसल सञ्चालन गरेका थिए ।

त्यस क्षेत्रमा खाद्यान्न, चमेना गृह, टेलरिङ, मासु, तरकारीजन्य पसल सञ्चालन गरिएको थियो । त्यहाँका केही पसल पूर्णरुपमा तथा केही आंशिक क्षति भएको छ ।

वृत्तका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले कस्मेटिक पसलबाट सुरु भएको आगो अन्य पसलमा समेत सल्किएको जानकारी दिँदै घटनाका बारेमा अनुसन्धान सुरु गरिएको बताए ।

सुरक्षाकर्मी, दमकल, स्थानीयवासीलगायतको सहयोगमा आगलागी करिब राति १०.३० बजे नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७३, सोमबार ००:००  १ : ०१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping