सुर्यदल गणबाट राहत वितरण कार्यक्रम « Eglish Khabarhub

सुर्यदल गणबाट राहत वितरण कार्यक्रम



काठमाडौं । नेपाली सेनाको सुर्यदल गणले अग्नि पिडितलाई राहत बितरण गरेको छ । यहि फागुन ११ गते करेन्ट सट भई थलाहा मन्त्रिटोलमा रहेको ठेमन राजवंशीको घरमा आगालागि भई पुुर्ण नष्ट भएको हुँदा सेना दिवसको अवसरमा फागुन १५ गते सुुर्यदल गणबाट संचालित अग्नि पिडित राहत वितरण कार्यक्रममा राहत बितरण गरिएको हो ।

सो राहत स्वरुप खाद्यान्न, लत्ताकपडा र निर्माण सामाग्री तथा औषधी वितरण साथै आगलागी भएको स्थान वरपरको ईलाकाको सरसफाई कार्यक्रम गणका गणपति प्रमूख सेनानी ईन्दिवर बिष्टको नेतृत्वमा ५० जना नेपाली सेनाका जवानहरुले गरेको जानकारी दिएको छ ।

Publish on: