आसियान र ईयू स्वतन्त्र व्यापारमा संलग्न रहन सहमत « Eglish Khabarhub

आसियान र ईयू स्वतन्त्र व्यापारमा संलग्न रहन सहमत



मनिला । बिना रोकतोक र स्वतन्त्र आपसी व्यापारमा संलग्न हुने र कतै कतै दुई देशकाबीच लाग्दै आएको व्यापार तथा वाणिज्यगत प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धी सम्झौता वार्ता अघि बढाउने दिशामा सहकार्य गर्न दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको आर्थिक सङ्गठन र युरोपेली सङ्घ सहमत भएका छन् ।

अन्तर्देशीय सिमाना सिलबन्दी गर्दैमा, सिमानामा पर्खाल लगाउँदैमा वा आयात हुने सर-सामानमा भन्सार तथा महसुल दरमा वृद्धि गर्दैमा कुनै पनि देशको आर्थिक दुर्वलतामा कहिल्यै कमी आउन सक्दैन ।

आफ्ना राष्ट्रिय कमी कमजोरी सच्याउन पट्टि नलागेर स्वतन्त्र व्यापार तथा वाणिज्यमा बाधा पुग्यो भन्दै यस्ता खाले क्रियाकलाप गर्नु भनेको हाँसो उठ्दो लहडबाजी मात्र होू दश सदस्यीय आसियानका अर्थ वा वाणिज्य मन्त्रीसँग भएको बैठक र विस्तृत छलफलको निष्कर्ष निकालेपश्चात् युरोपेली सङ्घकी वाणिज्य आयुक्ता सेसिलिया माम्स्ट्रोमले शुक्रबार समाचारदाताहरुलाई बताइन् ।

यसैगरी, निकट भविष्यमै आसियान र ईयूबीच स्वतन्त्र र निर्बाध व्यापारिक तथा वाणिज्यीय गतिविधि सञ्चालन गर्ने सम्बन्धी सम्झौताको मार्ग प्रशस्त गर्ने दिशामा एक सशक्त रुपरेखा तयार पार्न आसियान र युरोपेली सङ्घका वाणिज्य मन्त्रीहरुद्वारा एक संयुक्त वक्तव्य प्रकाशन गरी दुवै क्षेत्रीय समूहका सम्बन्धित अधिकारीहरुलाई निर्देशनसमेत दिइएको बताइएको छ ।

विगतमा, सन् २००७ मा यस्तै प्रकारको सम्झौताको तयारी गरी सकिएकोमा सन् २००९ मा आएर सो कार्यक्रम त्यत्तिकै स्थगित भएको थियो । रासस÷एपी

Publish on: