पचास प्रतिशत महिलाको उम्मेदवारी हुनुपर्छः प्रमुख निर्वाचन आयुक्त « Eglish Khabarhub

पचास प्रतिशत महिलाको उम्मेदवारी हुनुपर्छः प्रमुख निर्वाचन आयुक्त


१६ चैत्र २०७३, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

बनेपा। प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा महिलाको उम्मेदवारी ५० प्रतिशत हुनुपर्ने सुझाव दिएका छन् ।

निर्वाचन कार्यालयको आयोजनामा आजदेखि धुलिखेलमा सुरु भएको लोकतन्त्र, सुशासन, निर्वाचन, लैङ्गिक तथा समावेशीसम्बन्धी विषयमा निर्वाचन सरोकार भएकाहरुसँग भएको अभिमुखीकरणमा उनले विगतका निर्वाचनमा ३३ प्रतिशत महिलाको प्रावधान कार्यान्वयन नभएको बताउँदै अब महिलाबाहेक, दलित, जनजाति सबै वर्गको सुनिश्चितता आवश्यक रहेको बताए। डा यादवले राजनीतिक दलले जसरी पनि चुनाव जित्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्ने  सुझाव पनि दिए।

आयोगका सहसचिव दीपक सुवेदीले निर्वाचनका सबै प्रक्रिया र चरणमा महिलाको समान पहुँच आवश्यक भएको बताए ।

काभ्रेपलाञ्चोकका प्रजिअ शिवप्रसाद सिंखडाले लोकतन्त्रलाई जीवन्त राख्न आवधिक निर्वाचन आवश्यक भएकामा जोड दिए ।

निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जिल्लाबाट कम्तीमा दुई सय ७० महिला र ३२  दलित तथा अल्पसङ्ख्यक निर्वाचित हुने जानकारी दिए ।

दुई दिनसम्म चल्ने सो अभिमुखीकरणमा सैद्धान्तिक विषय, नमुना मतदान र अभ्यासबारे सहभागीलाई जानकारी दिइनेछ । विभिन्न क्षेत्रबाट करिब ६५ जनाको अभिमुखीकरणमा सहभागिता छ ।

प्रकाशित मिति : १६ चैत्र २०७३, बुधबार ००:००  ६ : ३४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping