बुद्धकृष्णद्वारा जिब्रो छेड्ने घोषणा « Eglish Khabarhub

बुद्धकृष्णद्वारा जिब्रो छेड्ने घोषणा


१६ चैत्र २०७३, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

भक्तपुर । मध्यपुरथिमिको बोडेमा परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष मध्यपुरथिमि–८ बोडेका ४५ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्ने घोषणा गरेका छन् ।

आज कोरिया–नेपाल मैत्री अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा सोही अस्पतालका एम्बुलेन्स चालकसमेत रहेका श्रेष्ठले आफ्नो ठाउँको परम्परा लोप हुनबाट जोगाउन आफू जिब्रो छेड्न तयार रहेको बताए ।

विगत आठ वर्षदेखि जिब्रो छेड्दै आएका ३८ वर्षका जुजुभाई बाँस श्रेष्ठले श्रीमती र भाउजू बिरामी भएका कारण यसवर्ष जिब्रो नछेड्ने घोषणा गरेपछि जात्रालाई निरन्तरता दिन उनले आज जिब्रो छेड्ने घोषणा गरेका हुन् ।

एम्बुलेन्स चालक सङ्घ भक्तपुरका अध्यक्षसमेत रहेका बुद्धकृष्णले यसअघि २०६२ देखि २०६५ सालसम्म चारवर्ष निरन्तर जिब्रो छेडेका थिए ।

जुजुभाईले जिब्रो नछेड्ने बताएपछि मध्यपुर थिमि नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवाली, कोरिया–नेपालमैत्री अस्पतालका निर्देशक डा दीपेन्द्रकुमार रौशन, अस्पतालका प्रशासन प्रमुख कैशाल दासले जात्राका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताउँदै परम्परा नरोक्न आग्रह गरेपछि आफू जिब्रो छेड्न तयार रहेको बताए ।

त्यसअघि अर्थात २०६२ साल अगाडि उहाँकै दाजु कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेर यो परम्परा जोगाएका थिए । उनले अहिले जिब्रो छेडाउने कार्य गर्दै आएका थिए । परम्परा जोगाउन मध्यपुर थिमि नगरपालिकाले गत वर्ष ४४ हजार रुपैयाँ सहयोग गरेको बताउँदै यसवर्ष पनि जिब्रो छेड्ने जात्राका लागि रकम बढाएर सहयोग गर्ने वचनबद्धता नगरपालिकाका कानुन अधिकृत केशव सिलवालले जानकारी दिए ।

हरेक वर्ष चैत मसान्तको दिन बोडे महालक्ष्मी भैरव मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि आउँदो वैशाख २ गते मध्याह्न १२ देखि १ बजेको बीचमा हजारौँ मानिससामुन्ने बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा मञ्च बनाई नाय्खिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।

देवगणको पूजा एवम् प्रार्थना गरी हजारौ मानिसहरूकै अगाडि नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाई राखेको १० ईन्च लामो सुइरोबाट जिब्रो छेड्ने परम्परा छ । जिब्रो छेडेपछि चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय् अर्थात महाद्वीप बोकेर टोलटोल घुमाउने गरिन्छ । करिब एक घण्टा पछि जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको दायाँबायाँ ठोकिन्छ ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाउने र जिब्रो छेड्ने व्यक्तिले नाट्येश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन रहेको छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने विश्वास रहँदै आएको छ । रासस

प्रकाशित मिति : १६ चैत्र २०७३, बुधबार ००:००  १० : १८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping