प्रशासनिक पुनः संरचनाः उच्चस्तरीय आयोग गठन गर्न राज्य व्यवस्था समितिको निर्देशन « Eglish Khabarhub

प्रशासनिक पुनः संरचनाः उच्चस्तरीय आयोग गठन गर्न राज्य व्यवस्था समितिको निर्देशन


१८ चैत्र २०७३, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौँ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले सङ्घीय प्रणालीमा प्रशासनिक पुनःसंरचना तथा जनशक्ति व्यवस्थापनका लागि विज्ञसम्मिलित अधिकारसहितको उच्चस्तरीय समिति गठन गर्न सरकारलाई निर्देशन  दिएको छ ।

समितिले विज्ञसम्मिलित समितिले सिफारिस गरेको  प्रतिवेदन राज्य व्यवस्था समितिसमक्ष पेस गर्ने व्यवस्था  मिलाउन पनि सरकारलाई भनेको छ । समितिको आजको बैठकले छलफलका आधारमा परिमार्जनपछि तयार हुने  प्रतिवेदन कार्यान्वयनमा गर्न पनि सकारलाई निर्देशन  दिएको छ ।

निजामती कर्मचारी अस्पतालका सन्दर्भमा निजामती कर्मचारीका लागि सेवामा प्राथमिकीकरण अनुभूत हुने गरी सेवाको एकद्वार प्रणाली विकास गर्नका लागि आवश्यक प्रबन्ध मिलाउन सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

निजामती कर्मचारीलाई उपलब्ध गराइने वैदेशिक अध्ययन, तालिमलगायत छात्रवृत्तिको सङ्ख्या बढाउन पहल गर्ने तथा प्राप्त अवसर सबै सेवा र तीनै अङ्गका कर्मचारीलाई समान रुपमा उपलब्ध गराउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

सरकारका तीनै अङ्गका काम, कारबाही,  कार्यप्रक्रिया, पद्धति र प्रणालीलाई कोषमा समावेश गर्नेतर्फ ध्यान दिनाका साथै समयानुकूल, सान्दर्भिक र विद्यमान चुनौतीको सामना गर्ने खालका तालिमका पाठ्यक्रम छनोट गर्ने व्यवस्था गर्न नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई सुझाव दिइएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको क्षमता अभिवृद्धि गरी संङ्घीय संरचनाअनुरुपको संरचना विस्तार गर्ने पहल गर्न पनि बैठकले सामान्य प्रशासन मन्त्रालयलाई भनेको छ । सङ्घीयता कार्यान्वयन गर्न तत्काल स्थानीय तहका कर्मचारीलाई समेट्ने गरी आवश्यक पर्ने छोटो अवधिका तालिम सञ्चालन गर्न पनि समितिले प्रतिष्ठानलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७३, शुक्रबार ००:००  ५ : ०० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping