चिनी लुकाएको पाइएपछि दुई पसलमा सिलबन्दी « Eglish Khabarhub

चिनी लुकाएको पाइएपछि दुई पसलमा सिलबन्दी


१९ फाल्गुन २०७३, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । बजारमा चिनीको अभाव देखिएको अवस्थामा कुलेश्वरमा रहेको राणी सती ट्रेडर्सले गोदाममा चिनी लुकाएर राखेको र निर्देशन पालना नगरेको भन्दै कालीमाटीमा रहेको आयुषा खाद्य पसललाई सिलबन्दी गरिएको छ ।

आपूर्ति व्यस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले आज गरेका अनुगमनका क्रममा गोदाममा चिनी रहँदा पनि कृत्रिम अभाव देखाएको भन्दै विभागले सिलबन्दी गरेको हो । उक्त पसललाई तीन दिनभित्र विभागमा आउन निर्देशन दिएको पनि विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी अनुगमनका क्रममा विभिन्न किसिमको कमजोरी औँल्याउँदै विभागले पटक–पटक दिएको निर्देशन पालना नगरेपछि कालीमाटीमा रहेको आयुषा खाद्य पसललाई सम्पूर्ण सामग्री सञ्चालक स्वयम्को हुनेगरी सिलबन्दी गरिएको निर्देशक श्रेष्ठले जानकारी दिए ।

विभागले आज नै अन्य पसलमा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा अवधेश एण्ड अविनाश स्टोर जडीबुटी, सूर्य देव खाद्य ट्रेडर्स कोटेश्वर, के एल दुगड ग्रुप नरेफाँट, सम्राट खाद्य स्टोर, जडीबुटीलाई मूल्यसूची नराखेको, नापतौल प्रमाणीकरण नगरेको र व्यवसाय दर्ता नगरेको पाएपछि सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७३, बिहिबार ००:००  १० : ५८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping