नक्कली अध्यापन अनुमति पत्र प्रयोगकर्ता शाहीका बिरुद्ध अख्तियारको मुद्धा « Eglish Khabarhub

नक्कली अध्यापन अनुमति पत्र प्रयोगकर्ता शाहीका बिरुद्ध अख्तियारको मुद्धा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रिय प्राथमिक विद्यालय, ताम्ती, जुम्लामा कार्यरत प्रावि शिक्षक लोकबाहदुर शाहीका विरुद्ध भ्रष्ट्राचारको मुद्धा दायर गरेको छ ।

आयोगले आज विशेष अदालत काठमाडौंमा शाहीलाई नियुक्ति पाउने र सो हैसियतले लाभ तथा सुविधा पाउने उद्देश्यले अर्काको नाममा रहेको नक्कली अध्यापन अनुमति पत्र पेश गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर गरेको देखिएको भन्दै शाहीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबी लिई आरोप-पत्र दायर गरेको जानकारी दिएको छ।

Publish on: