पुरानो बर्सपार्कमा यसरी निर्माण भइरहेको छ १२ तले ‘भ्यू टावर’ « Eglish Khabarhub

पुरानो बर्सपार्कमा यसरी निर्माण भइरहेको छ १२ तले ‘भ्यू टावर’


२० फाल्गुन २०७३, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । काठमाडौँ भ्यु टावर निर्माण तीव्ररुपमा अघि बढेको छ । महानगरसँग भएको सम्झौतानुसार निर्माण सुरु गर्नका लागि तोकिको समयभन्दा झन्डै १ वर्ष ढिला सुरु गरिएको भएपनि अहिले निर्माणको कामले तीव्रता पाएको हो ।

टावर निर्माण कम्पनी र काठमाडौँ महानगरपालिकाबीच लामो समय आन्तरिक बिवाद नमिल्दा टावर निर्माणले गति लिन सकेको थिएन ।

अहिले टावर निर्माणका लागि पानी सञ्चय गर्ने ट्यांकी र निर्माण सामग्री राख्नका लागि गोदाम घरको निर्माण भइरहेको टावर निर्माणको जिम्मा पाएको जलेश्वर स्वच्छन्द विकोइका प्रमुख मनोज भेटुवालले जानकारी दिए ।

भेटुवालका अनुसार ती दुवै कार्य सकेसँगै निर्माणका अन्य कार्य सुरु हुनेछ ।

‘जमिन खन्न दुई पाइलिङ मेसिनको आवश्यक पर्ने र अर्को यन्त्र ल्याउने क्रममा रहेको छ, आउँदो शनिबारसम्ममा उक्त यन्त्र र निर्माणका लागि आवश्यक पर्ने अन्य सामग्री पनि ल्याइसक्नेहुँदा निर्माण थप द्रुत गतिमा अघि बढ्नेछ,’ भेटुवालले भने ।

अहिले दैनिक ३० जनाले टावर निर्माणको काम गरिरहेका छन्न् ।

आगामी हप्तादेखि एक दिनमा एक हजारभन्दा बढीले रोजगारी पाउने बताइएको छ । समयमा नै निर्माण सुरु गरिने जनाउँदै निर्माण कम्पनीले अघिल्लो वैशाखमा नै बसपार्कलाई खुला मञ्चमा सारेको थियो ।

विसं २०७२ मा गएको भूकम्पअघि नै टावर निर्माणका लागि सम्झैता भएको तर भूकम्पपछि पुनः टावरको तला घटाउने निर्णय भए पनि ठेकेदारसँंग कुरा नमिल्दा यसभन्दा पहिले टावर निर्माणको काम अघिबढ्न नसकेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

‘ठेकेदारसंँग भूकम्पअघि २९ तला बनाउने सहमति भएको थियो, भूकम्पपछिको मापदण्डअनुसार २९ तलाको टावर निर्माण गर्नु नियम विपरीत हुने देखियो र १२ तलाको बनाउने कुरा भयो,’ कार्कीले भने ।

ठेकेदार कम्पनीले पहिलेको सहमतिअनुसार निर्माणको काम गर्न नपाउँदा यसअघि निर्माणको काममा समस्या आएको कार्कीको भनाई छ ।

महानगर र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार कम्पनीले वार्षिक दुई करोड ३५ लाख रुपियाँ तिर्नुपर्ने हुन्छ । यो वार्षिक २.५ प्रतिशतले दरले बढ्दै जान्छ ।

टावरमा नेपाली कला र संस्कृति झल्कने योजना छ । सोका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सोमध्ये ४० प्रतिशत भूभागमा भवन बन्ने छ भने ६० प्रतिशत खाली राखिने छ ।

६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, आराम गर्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिनेछ । टावरमा बस पार्क, चलचित्रघर, नाटकघर, पौडी पोखरी, खाजाघर, बैंक तथा कामपाको वडा कार्यालय समेत रहनेछ । भवनमा विभिन्न स्वदेशी तथा विदेशी सामग्री पनि राखिने छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७३, शुक्रबार ००:००  ११ : ५६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping