काठमाडौं । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले सूचना प्रविधिको व्यापकता बढिरहेको समयमा आसन्न निर्वाचनमा नविनतम सोच र दृष्टिकोणसाथ प्रस्तुत हुन आवश्यक रहेको बताएका छन् ।
बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसीको आयोजनामा स्थानिय तहको निर्वाचनको सन्दर्भ पारेर ‘बलियो लोकतन्त्रका लागि सचेत युवा’ बिषयक गोष्ठिमा उनले देश–विदेशका विकासक्रमहरु क्षणक्षणमा पछ्याइरहेको पुस्तासामु अब कसैले झुट बेचेर कसैले राजनीतिक गर्न नसक्ने भन्दै एमालेले देशको परराष्ट्र नीतिबारे समेत अनेकन भ्रम फिजाउँदै देशको भन्दा पार्टी अनुकुलको कूटनीतिक अभ्यास गरिरहेको आरोप लगाए ।
देशको स्थिरताका लागि अब कांग्रेस ठूला पार्टी मात्र नभई बहुमतको पार्टी हुनु आवश्यक रहेको उनको भनाई थियो ।
कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य एनपी साउद, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, राजनीतिक विश्लेषक पुरुषोत्तम बस्नेत लगायतले आफ्नो विचार राखेका थिए । कार्यक्रममा देशभरबाट विभिन्न राजनीतिक एवं गैरराजनीतिक युवा संगठनबाट करिब ३ सय युवाहरुको सहभागिता रहेको संस्थाले जानकारी दियो ।
बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसी, प्रजातान्त्रिक विचार र प्राज्ञिक बहसलाई प्रबद्र्धन गर्ने उद्देश्यले स्थापित स्वतन्त्र थिंक ट्याङ्क हो । यसले यसअघि माघको पहिलो साता ‘वान बेल्ट वान रोड (ओबिओआर)– नेपाल सम्मेलन’– २०१७ आयोजना गरेको थियो ।
SHARE YOUR THOUGHTS