कामु प्रधानन्यायाधीशमा पराजुली « Eglish Khabarhub

कामु प्रधानन्यायाधीशमा पराजुली



काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपालप्रसाद पराजुलीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आइतवार पदबहाली गरेका छन्।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोगको प्रस्ताव दर्ता भएपछि उनले वरिष्ठतम् न्यायाधीशको हैसियतले कायममुकायम प्रधानन्यायाधीशको रुपमा पदबहाली गरेका हुन् ।

पदबहाली गर्दै उहाँले न्यायालयप्रति यो दुःखद् घटना भएको र संविधान र कानुनले दिएको दायित्व आफूले पूरा गर्ने बताए।

कामु प्रधानन्यायाधीश पराजुलीले आफूले निष्पक्ष र प्रभावकारी रुपमा काम गर्ने प्रयास गर्ने र सत्यको पक्षमा न्यायालय सदा उभिने पनि बताए ।

Publish on: