काठमाडौं । नेपालस्थित इजरायलको राजदूतावासले इजरायलको ६९ औं स्वतन्त्रता दिवस मनाएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनको उपस्थितीमा स्वतन्त्रता दिवस मनाएको हो ।
सो कार्यक्रममा सरकारी अधिकारीहरु, कुटनीतिक अधिकारीहरु, व्यवसायीलगायतको उपस्थिती रहेको दूतावासले जानकारी दिएको छ ।
कार्यक्रमको अवसर पारेर इजरायली दूतावासले परम्परागत नाच, खानाका परिकारहरुलगायतको प्रदर्शनी समेत गरेको जनाएको छ ।
SHARE YOUR THOUGHTS