२९ मंसिर २०८२, आइतबार

प्रतिबन्धित भारु नोट बोक्ने भारतीय नागरिक नेपालमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल प्रहरीले भारतले प्रतिबन्धित लगाएका ५०० र १००० का नोटसहित भारतीय नागरिक पक्राउ गरेको छ ।

भारतको हरियाणा घर भइ काठमाडौं बुढानिलकण्ठ बस्ने ४० बर्षीय अनिलकुमार सोनी र ३४ बर्षीय किरणकुमार सोनीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।

सोनीको साथबाट ५० लाख ५० हजार प्रतिबन्धित भारु फेला परेको सीआइबीकी प्रबक्ता मिरा चौधरीले बताइन् । प्रहीले उनीहरुलाई अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभागको जिम्मा लगाएको छ।

चौधरीका अनुसार ५०० दरका २६०० थान अर्थात १३ लाख तथा १००० दरका ३७५० थान अर्थात ३७ लाख ५० हजार भारु प्रहरीले जफत गरेको छ ।