२९ मंसिर २०८२, आइतबार

माओवादीको बजेटमा एमालेले गर्यो आलोचनात्मक समर्थन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको बेजेटलाई प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०ले आलोचनात्मक सर्मथन गरेको छ ।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वअर्थमन्त्री एवम् नेकपा ९एमाले०का नेता सुरेन्द्र पाण्डेले संवैधानिक व्यवस्थाअनुसार समयमै बजेट आउनु सकारात्मक रहेको प्रतिक्रिया दिए ।

चालु आवको बजेटको निरन्तरता भने पनि बजेटको आकारमा भएको वृद्धिका कारण मूल्यवृद्धिमा भने प्रभाव पार्न सक्ने बताउँदै उनले बजेटमा प्रमुख प्राथमिकतामा १३ विषय राखिएको तर वास्तविक प्राथमिकता के हो भन्ने उल्लेख नभएको धारणा व्यक्त गरे ।

पूर्वअर्थमन्त्री पाण्डेले स्थानीय तहलाई केन्द्रबाट सिधै जाने व्यवस्था प्रस्तुत बजेटको सकारात्मक पक्ष भएको उल्लेख गर्दै यसअघि आफ्नो पार्टीले अगाडि सारेको चर्चित कार्यक्रम नराखिएकोप्रति गुनासो गरे ।
शिक्षा क्षेत्रको लगानी भविष्यका लागि हुने भएकाले कम बजेट राखिएकोप्रति आलोचना गर्दै उहाँले सो क्षेत्रमा उल्लेख्य बजेट व्यवस्था हुनुपर्ने बताए ।

बजेट कार्यान्वयनका लागि अघि सारिएका कार्यतालिका सकारात्मक रहेको पूर्वअर्थमन्त्री पाण्डे बताए ।