२९ मंसिर २०८२, आइतबार

सडकदुर्घटना: जिप भेटियो, मान्छे भेटिएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा । तीन दिनअघि पाल्पाको तिनाउ खोलाले बगाएको जिप आज भेटिए पनि त्यसमा सवार चारजना यात्रु अझै भेटिएका छैन् ।

तिनाउ खोलामा आएको बाढीले आइतबार लु१ज १७१२ नम्बरको जिप बगाउँदा त्यसमा सवार दुई महिला र दुई पुरुष बेपत्ता भएका थिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा जिपलाई खोलाबाट बाहिर निकालिएको भएपनि त्यसमा सबार चारै जना यात्रु फेला पर्न सकेको छैन् ।

नेपाली प्रहरी र सशस्त्र प्रहरीले तिनाउ खोलाको आसपासका क्षेत्रबाट यात्रुको खोजी कार्य जारी राखेको छ । सोमबारदेखि नै प्रहरीका तीन वटा टोली खोजी कार्यमा परिचालन भएको छ ।

चरचरे, झुम्सा र अमलेनमा क्षेत्रमा सो प्रहरी टोलीले खोजी कार्य गरिरहेकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

बेपत्ता हुनेमा पाल्पा तानसेन नगरपालिका भुसलडाडाका २६ वर्षीय उषा श्रेष्ठ, माथागढी गाउँपालिका–१ का २३ वर्षीय तिलवीर गाहा, सोही स्थानका ४३ वर्षीय माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदमबहादुर कुँवर मगर रहेका छन् । रासस