आइपिओ जारी गरेर विदेशी कम्पनी भागेपछि नेपालीको करोडौं डुब्यो « Eglish Khabarhub

आइपिओ जारी गरेर विदेशी कम्पनी भागेपछि नेपालीको करोडौं डुब्यो


३० असार २०७४, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । २०४९ सालमा चीन (हङकङ) बाट नेपालको औषधी कम्पनीमा लगानी गर्न एउटा कम्पनी नेपालमा भित्रियो ।

नेपालमा २०४६ सालको राजनीतिक परिवर्तन भएको थियो । विदेशी लगानी भित्राउने कानूनपनि पारित भइसकेको थियो ।

चीनको सेफ रिच इन्ड्रष्टी लिमिटेडले १९ करोड ५४ लाख रुपैयाँको लगानीमा नेपालमा औषधी उद्योग खोल्नको लागि लाइसेन्स पनि पायो ।

तत्कालीन अवस्थामा ८ करोड २२ लाख रुपैयाँ विदेशी लगानी ल्याउने प्रतिबद्धता कम्पनीले गरेको थियो ।

उद्योग विभागमा दर्ता भएका उद्योगहरुको सिरियल नम्बर १७९ मा रहेको चीनको सेफ रिचले नेपालमा निमरड इन्डष्ट्री लिमिटेड दर्ता गरेको थियो । उद्योग विभागले कम्पनीलाई २०४९ साल पुस ९ गते उद्योग स्थापनाको लागि अनुमति दिएको थियो ।

आजको दिनमा १० करोड रुपौयाँ विदेशी लगानी त ठूलो हुने अवस्थामा त्यो बेला नेपालमा चीनबाट औषधी उद्योगमा निकै ठूलो नै विदेशी लगानी आएको थियो ।

उद्योगले भक्तपुरमा औषधी प्लान्ट लगाउने वार्षिक मेडिसन क्याप्सुल ५ करोड ७० लाख उत्पादन गर्ने विवरण उद्योग विभागमा पेश गरेको छ । कम्पनीले ८० जनालाई रोजगारी दिने प्रस्ताव गरेको छ ।

चिनियाँ जालमा यसरी नेपाली

नेपालमा उदारिकरण सुरु भएको थियो । विदेशी लगानी आउने र पुँजी जुटाउनको लागि सर्वसाधारणमा जाने परिपाटी बढ्न लागेको थियो । कम्पनीले उद्योगको लागि चाहिने थप पुँजी सर्वसाधारणबाट जारी गर्ने निर्णय गर्यो ।

धितोपत्र बोर्डको विवरण हेर्ने हो कम्पनीले स्थापना भएको अर्को वर्ष सर्वसाधारणको लागि सेयर जारी गरेको देखिन्छ ।

कम्पनीले २०५० साल पुस ४ गते सर्वसाधारणको लागि १ करोड ८० लाख रुपैयाँको साधारण सेयर जारी गरेको थियो ।

निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोष थियो । धितोपत्र बोर्डका अनुसार मागभन्दा १६५ प्रतिशत आवेदन परेको थियो ।

नेप्सेमा सूचिकरण नगरी कम्पनी भाग्यो

नेपालको सेयर बजारको इतिहासमा आइपिओ जारी गरेर सूचिकरण नगरी भाग्ने कम्पनीमा निमरडको नाम आउँछ ।

कम्पनीको बारेमा अहिले त्यती धेरै जानकारीहरु पाउन भने सकिँदैन । उद्योग विभाग,कम्पनी रजिष्ट्रार तथा धितोपत्र बोर्ड र नेप्से र नागरिक लगानी कोषमा कम्पनीको बारेमा केही जानकारी भने रहेको छ ।

कम्पनीले आइपिओ जारी गरेर यसको सेयर बाँडफाँड भएको थियो । तर, नेप्सेमा सूचिकरण भएन कम्पनी फर्कियो ।

कम्पनीमा १० कित्ता सेयर हुनेमा सेयर बजारका पुराना लगानीकर्ता तथा विश्लेषक अमृतनाथ रेग्मीपनि हुन् ।

‘नेपालमा औषधी कम्पनीले जारी गरेको अहिलेसम्मकै एक मात्र आइपिओ निमरड हो,’ उनले पुरानो कुरा क्लिकमाण्डूसँग सुनाउँदै भने, ‘कम्पनीले आइपिओ जारी गरेपछि सूचिकरण नगरेर जनताको पैसा डुबाएर भाग्यो ।’

रेग्मी निमरडको आइपिओको पैसा नागरिक लगानी कोषको बैंकमा भएपनि जनताको पैसा फिर्ता गर्न कसैले पहल नगरेको बताउँछन् ।

‘धेरै वर्षपनि भएको हुँदा यसका धेरै कुराहरु मैलेपनि बिर्सिए,’ उनले थपे, ‘कम्पनी भागेपछि यसको जनताको पैसा फिर्ता गराउन कसैले पहल भने गरेनन् ।’

नेपालको सेयर बजारमा नियामक निकाय नभएका कम्पनीको विगत राम्रो नभएको उदाहरण निमरडलाई लिन सकिन्छ ।

नेपालमा अहिले ५० को हाराहारीमा औषधी कम्पनी छन् । जसको कारोबार अर्बौंको हुन्छ । तर, कुनैपनि कम्पनीले सर्वसाधरणको लागि सेयर जारी गरेका छैन् ।

निमरडले आइपिओ जारी गरेर राम्रो व्यवसाय गरेको भए त्यसपछि आउने औषधी कम्पनीले जनतालाई सेयर जारी गर्ने थिए । तर, निमरड सफल नभएपछि अरु औषधी कम्पनी पब्लिकमा गएनन् ।

केही दस्तावेदहरु हेर्दा निमरडको चिनियाँ लगानीकर्ता सेफ रिच इन्डष्ट्री चीनमा मुद्दामा परेको देखिन्छ । कम्पनीको चीनमा पनि अस्थित्व रहेको छैन ।

प्रकाशित मिति : ३० असार २०७४, शुक्रबार ००:००  ७ : १७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping