२९ मंसिर २०८२, आइतबार

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्कः कुन ठाउँमा पार्किङ गर्दा कति तिर्नुपर्छ ? (सूचिसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । काठमाडौं महानगरपालिकाका सार्वजनिक क्षेत्रभित्र सवारीसाधन पार्किङ गर्दा पैसा लाग्ने भएको छ । महानगरले पारित गरेको आर्थिक ऐन २०७४/७५ मा सवारी साधनको पार्किङ शुल्क तोकेको हो ।

महानगर क्षेत्रभित्र पार्किङ गरिने सवारी साधनको प्रकृति अनुसार पार्किङ शुल्क उठाउने आर्थिक ऐन पारित गरेको छ । महानगरभित्र पार्किङ गरिने सवारी साधनले प्रतिघन्टा १५ रुपैयाँदेखि अधिकतम २०० रुपैयाँसम्म पार्किङ शुल्क तिर्नु पर्नेछ ।

महानगरका एक कर्मचारीका अनुसार यसअघि २०५६/५७ मा पारित आर्थिक ऐन न्युनत ५ रुपैयाँदेखि अधिकतम १५ रुपैयाँसम्म पार्किङ शुल्क उठाउन व्यवस्था गरिएको थियो ।

तर पछिल्लो समय महानगरकाले पार्किङ शुल्कमा कडाई गरेको थिएन । काठमाडौं महानगरभित्र पार्किङ क्षेत्र छुट्याएर पार्किङ शुल्क उठाउने भएको हो ।

महानगरले पार्किङ शुल्क उठाउनका लागि छुट्याएको क्षेत्रहरु यस प्रकारका छन् ।

क्षेत्र नम्बर १

टेकु पुल उत्तर तर्फ सोह्रखुट्टे, नयाँ बजार, गङगबु, सामाखुसी, धापासी, महाराजगञ्ज चोकहुँदै चप्पल कारखानासम्मको सर्वाजनिक बाटोसम्म पार्किङ शुल्क निम्न बमोजिम छ ।

क. २ पांग्रेका लागि १५ रुपैयाँ
ख. ४ पांग्रेका लागि ४० रुपैयाँ
ग. ६ पांग्रेका लागि १ सय २० रुपैयाँ

क्षेत्र नम्बर २

न्यूरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्गलगाएतका भित्रि शहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटि, केशरमहल, लौनचौर, स्रोहखुट्टे, विष्णुमती लिंक रोड, टेकुहँुदै त्रिपुरेश्वरसम्म) पार्किङ शुल्क निम्न बमोजिम छ ।

क. २ पांग्रेका लागि २० रुपैयाँ
ख. ४ पांग्रेका लागि ५० रुपैयाँ
ग. ६ पांग्रेका लागि २ सय रुपैयाँ

क्षेत्र नम्बर ३

बिजुली बजार पुल पुर्व मनोहरा पुल, पेप्सिकोलासम्म पुतली सडक, बागबजार, डिल्ली बजार, मैतीदेवी, पुरानो बानेश्वर, गौशला, चाबहिल, बौद्ध, कोटेश्वर, सुकेधारा, ज्ञानेश्वरलगायत, सो आसपासका क्षेत्र, टेकु पुल पश्चिम बल्खु कलंकी, कालिमाटी, कुलेश्वर, कुमारी क्लब, सितापाइला, माछा पोखरी बालाजुसम्मका स्थानको पार्किङ शुल्क निम्न बमोजिम छ ।

क. २ पांग्रेका लागि १५ रुपैयाँ
ख. ४ पांग्रेका लागि ४० रुपैयाँ
ग. ६ पांग्रे वा सो भन्दा बढिका लागि १०० रुपैयाँ

साथै, महानगरले सार्वजनिक जग्गामा सवारी पार्किङ व्यवसाय संचालन गरेको भए लाग्ने व्यवसाय करमा ५० प्रतिशत छुट हुनेछ ।

लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने व्यवसायीलाई चालु आर्थिक बर्षमा शतप्रतिशत महानगरले छुट दिने भएको छ ।

सवारी साधन पार्किङ क्षेत्र र निषेध क्षेत्र नगर कार्यपालिकाले तोक्नेछ ।