युरोप बाट वाइवाइको उत्पादन शुरू « Eglish Khabarhub

युरोप बाट वाइवाइको उत्पादन शुरू



काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय ब्राण्ड वाइवाइको यूरोपबाट व्यवसायिक उत्पादन शुरु भएको छ । युरोपको सर्बियामा नवनिर्मित वाइवाइ प्लान्टबाट युरोपियन उपभोक्ताका लागि वाइवाइको उत्पादन शुरू भएको हो ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बिहिबार सर्बियास्थित वाइवाइको प्लान्टमा आयोजित एक भव्य समारोहका बीच व्यवसायिक उत्पादन (कमर्सियल प्रडक्सन)को उद्घाटन गरे ।

‘नेपाली उत्पादन विश्वब्यापी ब्राण्ड बन्न सम्भव छ भन्ने मेरो सपना साकार भएको छ’, अध्यक्ष चौधरीले भने, ‘यो प्रत्येक नेपालीका लागि गौरवको बिषय हो कि हामीले पनि युरोप जस्तो प्रतिस्पर्धी बजारमा उद्यम व्यवसाय विस्तार गर्न सक्छौँ ।’

अध्यक्ष चौधरीले वाइवाइमार्फत् युरोपमा नेपाललाई चिनाउन पाएकोमा आफु गौरवान्वित भएको बताए ।

यसबाट युवा उद्यमीहरूका लागि नेपालबाट विश्वमा उद्यम व्यवसाय फैलाउन सकिन्छ भन्ने सन्देश र उर्जा प्राप्त हुनेछ भन्ने विश्वास पनि उनले व्यक्त गरे ।

नेपाली उपभोक्ताको प्रिय ब्राण्ड

वाइवाइ अब विश्वव्यापी उपभोक्ता बीच तिब्र गतिमा लोकप्रिय बनिरहेको छ । वाइवाइ चाउचाउको नेपालमा फैलिने क्रमसँगै विश्व बजारमा पनि विस्तार भइरहेको छ ।

हालै मात्र सिजी इन्डष्ट्रियल पार्क नवलपरासीमा वाइवाइको थप एक प्रडक्सन युनिटको विस्तारसँगै नेपालमा वटा प्रडक्सन युनिट रहेका छन् ।केही समयअघि पश्चिम नेपालको बर्दियाबाट वाइवाइ उत्पादन शुरू भएको थियो । निकट भविष्यमा पूर्वी नेपालबाट पनि वाइवाइ उत्पादनका लागिआवस्यक तयारी शुरू भईसकेको छ ।

भारतीयउपभोक्ताबीचवाइवाइको लोकप्रियता बढ्दोक्रममा छ ।

भारत माहाल सम्म नौंवटा प्रडक्सन युनिट स्थापनाभइसकेका छन् भने थप विस्तार हुनेक्रमा जारी छ । भारतीय नूडल्स बजारमावाइवाइले २७प्रतिशत हिस्सासहित दोस्रो स्थान ओगटेको छ ।

नेपाल र भारतपछि वाइवाइ युरोप, अफ्रिका, मध्यपूर्व र एसियाका अन्य देशहरूमा विस्तार गर्ने रणनीति अनुरूपहाल युरोपबाट उत्पादन शुरू भएको हो ।
सन् २०२० सम्ममाअन्तर्राष्ट्रिय थप १० ठाउँबाट वाइवाइ उत्पादन गर्ने योजनाको यो एक अंश भएको चौधरी ग्रुपले जनाएको छ ।

सर्बियामा स्थापना भएको वाइवाइको यो १७औँ प्लान्ट हो ।सन् २०१७भित्रै बंगलादेशबाट पनि वाइवाइउत्पादन सुरु हुने चौधरी ग्रुपले जनाएको छ ।

‘यस अवसरमा म नेपाल र विश्वव्यापी छरिएर रहनु भएका आम नेपालीहरूमा बधाई दिन चाहान्छु । किन भने तपाईहरूले न नै वाइवाइलाई विश्वब्यापी ब्राण्ड बनाउनु भएको हो । र, यो हामी सबै नेपालीको ब्राण्ड हो ।’अध्यक्ष चौधरीले भने ।

 

Publish on: