काठमाडौं । नेपाली सडकको हिलो र धुलोले तपाईको सवारी सधान हिलाम्मे भएका छन् भने यसलाई सस्तोमा घरेलु बिधिबाट सफाई गर्न सकिन्छ । यस्ता घरेलु बिधिमा सवारी साधन सफाई गर्दा ५ रुपैयाँ देखि १० रुपैयाँसम्म खर्च पर्न जान्छ ।
टुथपेष्टः सिसा भएको हिस्साको सफाई टुथपेष्टले गर्दा निकै चमकदार हुन्छ । थोरै पेष्ट लगाएर कपडाले राम्रोसँग चलाएर धुँदा सिसा निकै चमकदार बन्छ । बिशेष गरेर मोटरसाईकलको लाईट र गाडीका सिसा भएका धेरै भागमा यसको प्रयोग गर्न सकिन्छ ।
व्लीच पाउडरः मोटरसाइकल वा कारको सबैभन्दा बढि फोहोर हुने भाग व्हील्स हो । यसमा रहेको फोहोर हटाउन व्लीच पाउडर निकै सहयोगी हुन्छ । पाउडर व्हील्समा छरेर केही समय छोडेर सफा गर्दा व्हील्स नयाँ जस्तै चम्कने छ ।
भ्यासलिनः कारमा प्रयोग भएका लेदरका भागलाई चमकाउन भ्यासलिन प्रयोग गर्न सकिन्छ । यसले लेदरको आयुपनि बढाउने छ ।
दारी काट्न प्रयोग हुने ब्रसः केटा मानीसले दारी काट्न प्रयोग गर्ने ब्रसको सहायताले गाडीको ड्यास बोर्ड, बेन्ट, बटमलगायतका भागको सफगर्न सकिन्छ ।
पत्रिकाः कार वा मोटरसाइकलको सफाइमा पत्रिका निकै सहयोगी हुन्छ । पत्रिका सिसा पुच्छने सबैभन्दा उत्तम विकल्प हुन सक्छ ।
तम्बाखुः यसको प्रयोग कारमा गर्न सकिन्छ । तम्बाखु गाडीको सिसामा दल्ने हो भने, त्यसले बर्षातको समयमा कार चलाउन सहज बनाउँछ । तम्बाखुले सिसामा पनीलाई अडिन दिर्दैन । जसले सहज रुपमा कार चलाउन सकिन्छ ।
SHARE YOUR THOUGHTS