काठमाडौं । स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी अभाव भएको छ । कर्मचारीको अभावमा कतिपय स्थानीय तहले आफ्नो काम प्रभावकारीरुपमा अघि बढाउन सकेका छैनन् ।
स्थानीय विकास मन्त्रालयका अनुसार ७४४ वटै स्थानीय तयमा गरी अहिले स्थानीय तहमा १६ हजार १६ जना कर्मचारी अभाव छन् ।
कहाँ कति कर्मचारी अभाव ?
स्थानीय विकास मन्त्रालयका अनुसार ४ सय ७९ गाउँपालिकाका ३ हजार ४ सय १० वडा कार्यालयमा सचिवको काम गर्नका लागि नासु वा सोसरहका ८ सय ५० कर्मचारीको अभाव छ ।
त्यसैगरी, ती गाउँपालिकाका वडा कार्यालयमा प्रशासन सहायकका रूपमा काम गर्ने ३ हजार ४ सय १० कर्मचारीको अभाव छ ।
त्यस्तै, २ सय ४८ नगरपालिकाका २ हजार ८ सय ७३ वडा कार्यालयमा सचिवको काम गर्न नासु वा सोसरहका २ हजार कर्मचारीको अभाव छ ।
त्यस्तै ४७९ गाउँपालिकाका ३४१० वडा कार्यालय र २ सय ४८ नगरपालिकाका २८७३ वडा कार्यालयका लागि असिस्टेन्ट सब–इन्जिनियर वा सब-इन्जिनियर गरी ६ हजार २ सय ८३ प्राविधिक इन्जिनियरको अभाव छ ।
११ उपमहानगरपालिकाका २३२ वडा कार्यालयमा २ सय शाखा अधिकृत र २ सय सब-इन्जिनियर गरी ४ सय कर्मचारी आवश्यक छ ।
त्यस्तै, ६ वटा महानगरपालिकाका १६९ वडामा १ सय शाखा अधिकृत र १ सय इन्जिनियर गरी २ सय कर्मचारीको अभाव छ ।
SHARE YOUR THOUGHTS