बाढीपिडीतका लागि बुद्ध एयरले स्थापना गर्यो २५ लाखको राहत कोष « Eglish Khabarhub

बाढीपिडीतका लागि बुद्ध एयरले स्थापना गर्यो २५ लाखको राहत कोष



काठमाडौं । बुद्ध एयरले बाढीपिडीतहरुको राहत तथा उद्धारका लागि राहत कोष स्थापना गरेको छ । एयरले आफ्नो सामाजिक उत्तरदायित्व अन्तगर्त बाढीपिडतको राहतका लागि २५ लाख रुपैयाँको कोष स्थापना गरेको हो ।

कोषमा जम्मा भएको रकमबाट सुनसरी र मोरङका अति प्रभावित वस्तीहरुमा खाद्यान्न, औषधि लगायत वितरण गर्ने एयरले जनाएको छ ।

‘राहतका सम्पूर्ण कार्यक्रम बुद्ध एयरले सम्बन्धित टोल, युवा क्लब तथा सुरक्षाकर्मीको सहयोगमा परिचालन गरिनेछ,’ एयरले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘राहत कोष सञ्चालन गर्दा लाग्ने अन्य अतिरिक्त खर्च बुद्ध एयर स्वयंले व्यहोर्ने छ ।’

Publish on: