नयाँ कम्पनीमा फष्ट बन्यो आइएमइ लाइफ, भदौ १ देखि कारोबार « Eglish Khabarhub

नयाँ कम्पनीमा फष्ट बन्यो आइएमइ लाइफ, भदौ १ देखि कारोबार



काठमाडौं । २०६४ साल जेठ २२ गते प्राइम लाइफ इन्स्योरेनसले कान्छो बीमा कम्पनीकोरुपमा जिबन बीमाको कारोबार सुरु गरेको थियो । अहिलेसम्म प्राइम लाइफ नै कान्छो बीमा कम्पनी थियो ।

तर, यही भदौ १ गतेदेखि कान्छो बीमा कम्पनीकोरुपमा आइएमइ लाइफ इनस्योरेन्स थपिने भएको छ । आइएमइ इनस्योरेन्सले कारोबार सुरुगरेपछि अरु पनि नयाँ बीमा कम्पनीहरु कारोबार सुरु गर्न पाइपलाइनमा छन् । र, आइएमई नयाँ बीमा कम्पीनहरुमध्ये सबैभन्दा जेठो कम्पनी बन्ने भएको छ ।

‘अरु बीमा कम्पनीहरु नपुगेका ठाउँमा गएर आइएमइले बीमा सेवा उपलब्ध गराउँछ, त्यसका लागि आगामी २ वर्षमा कम्तिमा ५२ वटा शाखा विस्तार गर्नेछौं ।’

महाप्रबन्धक, राकेश पोखरेल

लाइसेन्स पाएका नयाँ बीमा कम्पनीहरुमध्येबाट कारोबार सुरु गर्नेमा आइएमइ पहिलो कम्पनी बन्ने भएकोछ । लाइसेन्स पाएका अरु कम्पनीहरुले पनि निकट भविष्यदेखि नै कारोबार सुरु गर्ने तीब्र तयारी गरिरहेका छन् ।

बीमा समितिको गत चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले १० वर्षपछि नयाँ बीमा कम्पनीको लाइसेन्स दिने निर्णय गरेको थियो । बीमा समितिले आइएमइसँगै १० बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो ।

बीमा समितिको तत्कालीन नेतृत्वले नयाँ बीमा कम्पनीको लाइसेन्स रोकेको थियो । गत पुसमा बीमा समितिको अध्यक्षमा चिरञ्जीबी चापागाई आएपछि समितिले नयाँ बीमा कम्पनीहरुलाई लाइसेन्स दिएको हो ।

आइएमइ लाइफ इन्स्योरेन्सले लैनचौरस्थित हाथवे प्लाजामा मूख्य कार्यालय राखेको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भदौ १ गते साँझ ५ बजे आइएएमइ लाइफको उदघाटन गर्ने कार्यक्रम रहेको कम्पनीका महाप्रबन्धक राकेश पोखरेलले क्लिकमाण्डूलाई जानकारी दिए ।
बीमाको पहुँच नपुगेका दूरदराजमा बीमाको पहुँच पुर्याउने कम्पनीको पहिलो रणनीति भएको महाप्रबन्धक पोखरेलले बताए ।

‘अरु बीमा कम्पनीहरु नपुगेका ठाउँमा गएर आइएमइले बीमा सेवा उपलब्ध गराउँछ, त्यसका लागि आगामी २ वर्षमा कम्तिमा ५२ वटा शाखा विस्तार गर्नेछौं,’ उनले भने ।

हाल कम्पनीमा डेढ दर्जन कर्मचारी छन् । एक वर्षभित्र १०० जना र २ वर्षभित्र १ सय ५० जना कर्मचारी पुर्याउने पोखरेलले जानकारी दिए ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ, जसमध्ये १ अर्ब ४० करोड रुपैयाँ प्रोमोटरहरुले चुक्ता गरिसकेका छन् भने केही समयभित्र बाँकी ६० करोड रुपैयाँको साधारण सेयर (आइपिओ) जारी गरिने छ ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा राष्ट्र बैंकका पूर्वसञ्चालक डा. रामहरि अर्याल छन् । त्यसैगरी, सञ्चालकहरुमा अश्बिनी आचार्य, इश्वर कार्की, दिपक पोखरेल, दिप रेग्मी रहेका छन् ।

यो कम्पनीमा आइएमइ समूह र समूहसँग आवद्ध व्यक्ति तथा संस्थाको ४० प्रतिशतभन्दा बढी स्वामित्व छ ।

चन्द्र प्रसाद ढकाल, इन्टरनेशनल मनि एक्सप्रेस प्रालि, ग्लोबल बैक लिमिटेड, हेमराज ढकाल, हाथवे इन्भेष्टमेन्ट, किशोर महर्जन, सृजना जोशी, फिजो नेपाली , निमिषा इन्भेष्टमेन्ट प्रालि, ईश्वर प्रकाश जोशी, नविन श्रेष्ठ, संजय अधिकारी, उत्तम प्रसाद भट्टराई, जीवन कुमार अर्याल, ऋषिराम अर्याल, सुरज कुमार श्रेष्ठ आइएमइ लाइफ इन्सोरेन्स को प्रवद्र्धकको सूचिमा छन् ।

त्यसैगरी, अनिता धिताल, मन्दिरा बस्नेत, सुर्योदय उर्जा प्रालि, अश्विनी कुमार आचार्य, योजना इन्भेष्टमेन्ट प्रालि, व्यास कुमार शर्मा, मनोज अधिकारी, कृष्ण कुमार श्रेष्ठ, प्रदिप कुमार अग्रवाल, कौशिल्यादेवी तुल्सियान, बद्रीनाथ गौतम, सरोजा हाडा, जानकी प्रसाद शाह, विष्णु प्रसाद उपाध्याय, बसन्त अधिकारी, स्मृती गुरुङ्ग, पु्ष्प मान श्रेष्ठ, हरिहर ढुंगाना, धन बहादुर शेरचन, संदिप अग्रवाल, ठाकुर प्रसाद खनाल, राजेश कुमार अग्रवाल, सुनिल कुमार सिंघी, योगेश्वर ढकाल, पवन कुमार अग्रवाललगायत आइएमइ लाइफ इन्सोरेन्सको प्रवद्र्धकको सूचिमा छन् ।

Publish on: