आइएमई लाइफ इन्स्योरेन्सले कारोबार थाल्यो « Eglish Khabarhub

आइएमई लाइफ इन्स्योरेन्सले कारोबार थाल्यो



काठमाडौं । लाइफ इस्योरेन्स कम्पनीलिमिटेडको व्यवसाय (कारोवार) शुभारम्भ बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरे ।

बीमा समितिबाट २०७४ असार २० गते यस लाइफ इस्योरेन्सले कारोवार संचालनगर्न अनुमतिप्राप्त गरेको थियो । अनुमतिपाएको छोटो समयमै यस लाइफ इस्योरेन्सले कारोबार शुभारम्भ गरेको हो ।

कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचौरस्थितहाथवे कम्पेलक्सको पहिल्लोतल्लामा स्थापना गरि कारोबार शुभारम्भ गरेको हो ।

कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालले नयाँ कम्पनीमा पहिलो हुन पाएकोमा खुसी व्यक्त गरे । अर्यालले बीमाको पहुँच नपुगेका ग्रामिण इलाकामा बीमाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिषंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफकर्मशका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठ, आइएमई गु्रपका अध्यक्ष तथा नेपालउ द्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल बीमक संघका कार्यवाहक अध्यक्ष दिपप्रकाश पाण्डेलगायत उपस्थित थिए ।

कार्यक्रममा आइएमई लाइफ इस्योरेन्सका महाप्रबन्धक राकेश पोखरेलले आमन्त्रित अतिथिहरुलाई स्वागत गरेका थिए ।

Publish on: