१ पुस २०८२, मंगलबार

प्रिमियर इन्स्योरेन्सको ३७ औं शाखा दमकमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


झापा । प्रिमियर इन्स्योरेन्सले झापाको दमकमा ३७ औं शाखा संचालनमा ल्याएको छ । दमक शाखाको उद्घाटन दमक नगरपालीकाका प्रमुख रोमनाथ ओलीले गरेका हुन् ।

इन्स्योरेन्सले विगत २३ बर्षदेखि बीमा सेवा पुर्याउदै आएकोमा पुर्वाञ्चलको चौथो शाखको रुपमा शाखा स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायले बताए ।

दमक शाखाले आफ्नो सेवालाइ अझ विस्तारीत गर्दै लैजाने प्रतिब्धता समेत अधिकृत उपाध्यायले व्यक्त गरे । कम्पनीले आर्थिक बर्ष ०७३।७४ मा १ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साथै, १८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको इन्स्योरेन्सले जनाएको छ ।