२९ मंसिर २०८२, आइतबार

कालिका माइक्रो क्रेडिट बैंकको २ दिने दक्षता अभिबृद्धी तालिम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कालिका माइक्रो क्रेडिट डेभलेपमेन्ट बैङकले आफ्ना शाखा प्रबन्धकहरुलाई योजना तथा दक्षता अभिबृद्धी तालिम दिएको छ । बैकका प्रमुखहरुलाई चालु आर्थिक बर्षको कार्ययोजना र संस्थाको रणनितिबारे जानकारी दिन २ दिने तालिमको आयोजना गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले बताए ।

तालिमको उदघाटन गर्दै प्रमुख अतिथी एबं बैंकका अध्यक्ष इन्जिनियर बिष्णु प्रसाद पौड्यालले नेपालका बैङक तथा वित्तिय संस्थाहरुको बर्तमान अबस्था र कालिका माइक्रो क्रेडिट बैङकको हालको अबस्था, कार्यक्षेत्र बिस्तार, प्रगति बारेमा सहभागिहरुलाई जानकारी गराउँदै तालिमको उद्देश्यकोबारेमा प्रकाश पारेका थिए ।

वार्षिक लक्ष्य एवं प्र्रगतिको बारेमा सहभागिहरुलाई पुनः स्मरण गराउदै अध्यक्ष पौड्यालले यो आर्थिक वर्षमा थप शाखा विस्तार गरिने योजना भएको बताए । गतबर्ष २ करोड २२ लाख रुपैयाँ नाफा कमाउन सफल थियो । बैकले हालसम्म ८२ करोड लगानी गरिसकेको उनले बताए ।

बैकका संचालक चन्द्र बहादुर बस्नेतले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै वार्षिक लक्ष्य हासिल गर्न सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिए । संचालक बासुदेब पौडेलले कर्मचारीको क्षमता र दक्षता अभिबृद्धी गर्न बैक सधै तयार रहेकोे बताए ।

विभिन्न शाखाका ४१ जना शाखा प्रबन्धकको सहभागिता रहेको उक्त तालिममा बैंकका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा, अधिकृत ख्यामकान्त अर्याल, लेखा बिभाग प्रमुख दिपेन्द्र बन्जाडे, जुनियर अधिकृत निर्मल गौतम, भेषराज गैहे्र, लगायतले बैकका कार्ययोजना र संस्थाको रणनिति बारेमा प्रशिक्षण दिएको बताइएको छ ।