अटो शोमा जाँदै हुनुहुन्छ ? गाडी किन्नुअघि यस्ता कुरामा ध्यान दिनुस् « Eglish Khabarhub

अटो शोमा जाँदै हुनुहुन्छ ? गाडी किन्नुअघि यस्ता कुरामा ध्यान दिनुस्




काठमाडाैं । विश्वमा अटो शो भन्ने वित्तिकै सवैको ध्यान तानेकै हुन्छ । मध्यम र उच्च परिवारको लागि विशेषगरी अटो शोमा आर्कषण गर्न छुट तथा नयाँ–नयाँ सवारीको सार्वजनिक गरिन्छ । नेपालमा पनि प्रत्येक वर्ष नाडा अटो शो भृकुटीमन्डपमा मंगलवारदेखि आगामी आइतवारसम्म सवारी मेला जारी रहनेछ ।

दुईपाँग्रेदेखि चार पाँग्रे सवारीका उपभोक्ताहरु अटो शोमा गाडी खरिदको लागि विभिन्न योजना बनाएर जाने गरेका छन् । तपाई यदि अटो शोमा सवारी खरिद गर्दै हुनुहुन्छ भने निम्न कुरामा ध्यान दिनुस ।

१. पहिले कुन र कस्तो खरिद गर्ने भन्ने योजना बनाउनुस्
सवैभन्दा पहिले तपाई सवारी खरिद गर्ने योजना बनाएर अटो शोमा जाँदै हुनुहुन्छ भने आफुले खरिद गर्ने सेगमेन्टका गाडी अझै सक्नुहुन्छ भने ब्रान्डसमेत पहिले नै छान्नु पर्दछ । यदि पहिले छान्न सक्नु भएन भने अटो शोमा कुन मोडलका कस्ता कस्ता गाडीहरु राख्दैछन् जानकारी लिनुस् । अटो शोमा पुगेरै छान्न खोज्दा धेरै मोडल र ब्रान्ड हुने भएकोले अलमलिन सक्नु हुन्छ ।

२. अटो शोमा जादाँ समय धेरै छुट्टयाउनुस्
अटो शोमा हेरेर फर्कनेगरी भन्दा पनि आफुले खरिद गर्ने गाडीको टेष्ट ड्राइभ समेत गर्नेगरी समय निकाल्नुस् । सकेसम्म सवै स्टलहरु हेर्नुस् । यदि समयले साथ नदिएमा आफुले खरिद गर्ने ब्रान्डको स्टलमा जान सक्नु हुन्छ । वा अटो शोको अवलोकनले नै तपाईले खरिद गर्ने सवारीको अन्तिम निर्णय लिन पनि सक्नुहुन्छ । धेरै स्टलहरु हुने भएकोले समय पर्याप्त चाहिने हुन्छ ।

३. तयारी सहित जानुस्
तपाईले खरिद र हेर्न चाहेका सवारीको बारेमा अध्ययन र तयारी गरेर जानुस् । मोडलहरुको सकेसम्म फोटो वा फिचरहरुको बारेमा अध्ययन गरेर जानुस् । त्यसो गर्दा तपाईलाई अटो शोमा झनै सजिलो हुन्छ । साथै आफुले खरिद गर्ने गाडीको बजेटको बारेमा समेत अध्ययन गरेर जानुस् । जसले गर्दा सवारी छनोटमा तपाईलाई झनै सहज हुन्छ ।

४. परिवारसँग छलफल गर्नुस्
अटो शोमा सवारी खरिद गर्नुभन्दा पहिले आफ्नो परिवारसँग छलफल गर्नुस् । तपाई एक्लैको निर्णय गलत पनि हुनसक्छ । परिवारमा आफ्ना बालबच्चाको समेत रुचीको ख्याल गर्नुस्, जसले परिवारमा सुख प्राप्ती हुन्छ ।

५. अटो शोका अन्य गतिविधिमा समेत सहभागी हुनुस्
अटो शो गइसकेपछि सवारी सहित, लुब्रिकान्ट, स्पेयर्स पार्ट्स तथा बीमा र अटो लोनका विषयमा समेत जानकारी लिनुस् । साथै, सडक सुरक्षाका बारेमा समेत जनचेतना कार्यक्रम हुने भएकोले उक्त कार्यक्रममा समेत सहभागी हुनुस्, जसले सडक अनुशासनका विषयमा तपाई बुझ्ने मौका पाउनुहुन्छ ।

६. धेरै प्रश्न गर्नुस्
अटो शोमा गइसकेपछि आफुले खरिद गर्न लागेको सवारीको बारेमा प्रर्दशकहरुसँग धेरै प्रश्न गर्नुहोस् । जसले गर्दा तपाईलाई सवारीका फिचरको बारेमा धेरै जानकारी प्राप्त हुन्छ ।

Publish on: