२९ मंसिर २०८२, आइतबार

लहानमा रिङरोड बनाउने नवनिर्वाचित मेयरको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान । लहान नगरपालिकाका नवनिर्वाचित प्रमुख मुनी साहले पुरानो र जिल्लाकै ठूलो नगरपालिकाका रुपमा रहेको लहान नगर क्षेत्रमा चक्रपथ निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे ।

कर्मचारीलाई मंगलबार साँझ निर्देशन दिनुहुँदै प्रमुख साहले लहान नगरपालिकाको ग्रामीण क्षेत्रका जनतालाई समेत नगरको अनुभूति हुनेगरी दुई महिनाभित्र चक्रपथ (रिंगरोड) निर्माणका लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिए।

गरिब, दलित महिलालाई प्रसूति भत्ता उपलब्ध गराउन, प्रत्येक वडामा सरसफाइको व्यवस्था दु्रतगतिमा गर्न, विजयादशमीको शुभकामना कार्यक्रमको आयोजना गर्ने लगायतका ५ बुँदे निर्देशन दिनुहुँदै प्रमुख साहले सबै पक्षसँग सहमति, सहकार्य गरी लहान नगरपालिकालाई २ नं प्रदेशकै नमूना नगरपालिकाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

इमान्दारीपूर्वक काम गर्ने कर्मचारीलाई प्रोत्साहन तथा नगर्नेलाई कार्वाही हुने बताउनुहुँदै उनले नगरक्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन प्रस्तुत गर्नसमेत निर्देशन दिए ।

सो अवसरमा लहान नगरपालिकाका नवनिर्वाचित उपप्रमुख सरियार चौधरी, २५ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यको समेत उपस्थिति रहेको थियो ।