काठमाडौं । आजदेखि सरकारले देशको पर्यटकीय क्षेत्र ठमेलमा सवारी साधनमा प्रवेश निषेध गरेको छ । सरकारले ठमेलका निश्चित क्षेत्रमा साइकलदेखि चारपाङग्रे सवारी साधन प्रवेश निषेध गरेको हो ।
आजदेखि लागु हुनेगरी ठमेलका केहि स्थानमा सवारी साधन प्रवेशमा रोक लगाइएको ठमेलमै ड्युटीमा खटिएका नेपाल प्रहरीका हबल्दार सागर कुँबरले जानकारी दिए ।
‘सवारी प्रवेश निषेधको जानकारी दिन चोकमा बसिरहेका छौं, केहि समयसम्म सवारी रोक लगाईको स्थानको जानकारी दिने काम हुन्छ,’ कुँबरले क्लिकमाण्डूसँग भने, ‘त्यसपछि पनि नियम उल्लघन गर्नेलाई कानून बमोजिम कारबाही हुन्छ ।’
गत असोज ३० गते काठमाडौं महानगरपालिकाले ठमेल क्षेत्रको मनाङ होटलदेखि काठमाडौं गेष्ट हाउस र वैशाली होटलदेखि ठमेल मार्ग तथा भगवानपाउ मार्गसम्मको सडक कालोपत्र गरेको थियो ।
त्यस समय काठमाडौं महानगरपालिका २६ का वडाध्यक्ष खेमराज तिवारीले ठमेल क्षेत्रलाई सवारीलाई प्रतिबन्ध गर्ने बताएका थिए ।
ठमेलमा सवारी साधन प्रवेसमा रोक लगाएसँगै ‘लैजाउ घुमाउन मलाई ठमेल बजार, ट्याउसी चढाउँदै, लाइदिउँला चोखो पियार…’ भन्ने गीत अब ‘लैजाउ घुमाउन मलाई ठमेल बजार, पैदल हिडाउँदै….’ भनेर गाउनु पर्ने अवस्था सिर्जना भएको छ ।
SHARE YOUR THOUGHTS