बन्द होला डिभी चिट्ठा ! अमेरिकी राष्ट्रपतिले गरे यस्तो प्रस्ताव « Eglish Khabarhub

बन्द होला डिभी चिट्ठा ! अमेरिकी राष्ट्रपतिले गरे यस्तो प्रस्ताव



काठमाडौ । ‘डिभी चिट्ठा सुनदा असाध्यै राम्रो छ । तर यही चिट्ठा हाम्रा लागि काल बनीरहेको छ । अब हामी यसलाई अगाडि बढाउन सक्दैनौ । हाम्रा नागरिकको सुरक्षाका लागि पनि यसलाई बन्द गर्नुको विकल्प छैन ।’यो भनाई हो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ।

अमेरिकामा पछिल्लो पटक ट्रकले हनेर एक दर्जन बढी अमेरिककिो ज्यान गएपछि अमेरिकी कार्यकारी प्रमुखको यस्तो प्रतिक्रिया आएको हो ।

अमेरिकी समाचार संस्था सिएनएनले लेखेको छ , अमेरिकी राष्ट्रपति डिभी चिट्ठा बन्द गर्ने पक्षमा छन् । ‘उनले केही दिन भित्रै सिनेटमा सो कार्यक्रम बन्द गर्ने बारे प्रस्ताव लैजाने तयारी गरेका छन् । उनको प्रस्ताव पारित हुन्छ वा हुँदैन त्यो भने अहिल्यै टिप्पणी गरिहाल्नु हतार हुन्छ , तर उनी यो कार्यक्रम बन्द गराउने पक्षमा छन्’ सिएनएनले भनेको छ ।

न्यूयोर्कमा भएको पछिल्लो आक्रमणमा डीभी चिठ्ठामार्फत् नै अमेरिका बस्दै आएको व्यक्तिको संलग्नता भएको पुष्टि भएपछि ट्रम्प डीभी चिठ्टा तत्काल खारेज गर्ने निष्कर्षमा पुगेको पश्चिमा सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपतिले भनेका छन् ‘डाइभर्सिटी भिसा सुन्दा मिठो लाग्छ, तर यो राम्रो होइन, त्यसैले हामी यसको विपक्षमा छौं ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी चिठ्ठाको कार्यक्रम रद्ध गर्ने प्रस्ताव गरेका छन् । बुधबार ह्वाइट हाउसमा बसेको मन्त्रिपरिषद बैठकमा ट्रम्पले यस्तो प्रस्ताव गरेको समेत सिएनएनले लेखेको छ ।

डीभी चिठ्ठामार्फत् अमेरिकाले बिभिन्न देशका ५० हजार नागरिकलाई स्थायी आवास अनुमति दिने गरेको छ ।

न्यूयोर्कमा भएको पछिल्लो आक्रमणमा डीभी चिठ्ठामार्फत् नै अमेरिका बस्दै आएको व्यक्तिको संलग्नता भएको पुष्टि भएपछि ट्रम्प डीभी चिठ्टा तत्काल खारेज गर्ने निष्कर्षमा पुगेको पश्चिमा सञ्चारमाध्यमहरुले जनाएका छन् ।

डिभी चिठ्ठा आतंकवादीहरु अमेरिकी प्रवेश गर्ने माध्यम बनेकाले यसलाई खारेज गर्नुपर्ने ट्रम्पको जोड छ ।

ह्वाइटहाउस बैठकमा ट्रम्पले भनेका छन्, ‘मैले आजबाट डीभीको कार्यक्रम रद्ध गर्ने प्रक्रिया शुरु गरेको छु ।

उनले डीभी खारेज गर्ने प्रक्रियाका लागि अमेरिकी संसदमा प्रस्ताव लैजाने पनि बताए ।

राष्ट्रपतिमा निर्वाचित भएसँगै आतंकवादी संगठनसँग जोडिएका देशका डीभी परेका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । तर अमेरिकी सर्वोच्च अदालतको आदेशपछि भने केही देशलार्य अमेरिका प्रवेशमा खुकुलो गरिएको थियो ।
नेपाललगायत अल्पविकसित देशका नागरिकलाई अमेरिकामा बसोबास गर्न सहज रुपमा प्रवेशाज्ञा दिन डिभी कार्यक्रम ल्याइएको थियो ।

Publish on: