काठमाडौं । अर्बपति बिनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय चुनाब प्रचारप्रसार समिति सदस्यमा मनोनित भएका छन् । समानुपातिकतर्फको सांसदका उम्मेद्वारसमेत रहेका चौधरीलाई कांग्रेसले चुनाब प्रचार तथा परिचालन समितिमा पनि राखेको हो ।
यसअघि एमालेबाट समानुपातिक सांसद रहेका चौधरी केही दिनअघि लोकतन्त्रमा मात्रै आर्थिक क्षेत्रको विकास हुने भन्दै कांग्रेस प्रवेस गरेका थिए ।
कांग्रेस केन्द्रीयसदस्य बालकृष्ण खाँडको संयोजकत्वमा गठन भएको प्रचार समितिलाई मंगलबार पूर्णता दिइएको हो । कांग्रेसले ७५ सदस्य प्रचार समिति बनाएको छ ।
SHARE YOUR THOUGHTS