ललितपुर । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले अवलम्बन गरेका नीति,कार्यक्रम र उम्मेदवारहरुले आ–आफ्ना निर्वाचन क्षेत्रमा उठाएका राष्ट्रिय तथा स्थानीय सरोकारका विषयहरुलाई मतदातासमक्ष पुर्याउन निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति गठन गरेको छ ।
केन्द्रीय कार्यसमितिका सदस्य बालकृष्ण खाणको संयोजकत्वमा गठित नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय निर्वाचन प्रचार(प्रसार समन्वय उपसमितिलाई आज पूर्णता दिइएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मुख्य सचिव पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइए अनुसार केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति देहाय बमोजिम रहेको छ ।
SHARE YOUR THOUGHTS