२८ मंसिर २०८२, शनिबार

प्रचण्डका स्वकीय सचिवसहित माओवादीका ४ केन्द्रिय सदस्य कांग्रेस प्रबेस गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । नेकपा माओवादी केन्द्रका चार जना केन्द्रीय सदस्य सहित १ हजार बढी कार्यकर्ता आइतबार काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव तथा केन्द्रीय सदस्य चेतराज भट्ट, धनगढी उपमहानगरपालिकामा माओवादीका मेयरका उम्मेदवार रामसमझ राना, केन्द्रीय सदस्यहरु गंगा योन्जन र केशवराज जोशी कांग्रेस प्रबेस गरेका हुन् ।

भट्ट डडेल्धुराका निर्वाचित वडा अध्यक्ष पनि हुन् । त्यसैगरी धनगढी वडा नम्बर ८ का पार्टीका वडाध्यक्ष सुग्रिब राना, ७ का लोकेन्द्र जोशी, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय कोषाध्यक्ष कल्पना पौडेल सहित १ हजार भन्दा बढी काँग्रेसमा प्रवेश गरेका छन् ।

उनीहरुलाई एक समारोहबीच काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवा, धनगढीका मेयर नृपबहादुर वड, उपमेयर सुशीला मिश्र भट्ट, प्रदेश सभा सदस्यका उम्मेदवारद्वय डिल्लीराज पन्त तथा जीवन कुमारी राना, महासमिति सदस्य नारायणदत्त भट्ट लगायतले स्वागत गर्नुका साथै पार्टीको सदस्यता प्रदान गरिन् ।

नेपाल महिला संघ क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य रानाले एमाले तथा माओवादी केन्द्र सत्तास्वार्थमा मात्रै सिमित भएको बताए ।

उनले रानाथारु, डंगौरा थारु सहितका सिमान्तकृत समुदायमाथि माओवादीले सधैं शोषण मात्रै गरेको र पछाडी पारिएका वर्ग र समुदायको अधिकारको संरक्षण काँग्रेसले मात्रै गरेको अनुभव भएको बताए ।

उनले सम्पूर्ण सिमान्तकृत वर्ग समुदायलाई लोकतन्त्र, आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि काँग्रेसमा समाहित हुन आह्वान गरे ।

गत स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिका प्रमुख पदका उम्मेदवार रानाले १० हजार बढी मत प्राप्त गरेका थिए । उनीहरु काँग्रेसमा प्रवेश गरेपछि कैलालीको क्षेत्र नम्बर ५, ४ र ३ मा एमाले तथा माओवादीलाई अफ्ठ्यारो पर्ने विश्लेषण गरिएको छ ।