काठमाडौं १ मा प्रकाशमान सिंह विजयी « Eglish Khabarhub

काठमाडौं १ मा प्रकाशमान सिंह विजयी



काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी सुरुवात गरेको छ ।

नेपाली कांग्रेसका प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् । उनले २०६४ साल र २०७० सालमा पनि काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए ।

काठमाडौं १ बाट विवेकशील साझाका रविन्द्र मिश्रलाई ८१८ मतान्तरले हराउँदै कांग्रेसका प्रकाशमान सिंह विजयी भएका हुन्। सिंहले १०९३६ मत ल्याएका छन्। मिश्रले १०११८ मत मात्र ल्याएका छन्।

देशभर अत्याधिक मतका साथ अगाडि रहेको बामगठबन्धन भने काठमाडौं १ तेस्रो स्थानमा छ । बाम गठबन्धनका अनिल शर्माले ५३३६ मत प्राप्त गरे ।

काठमाडौं १ मा विवेकशिल साझाका उम्मेद्वार मिश्रको पराजयसँगै साझा विवेकशिलको राष्ट्रिय दल बन्ने बाटो बन्द भएको छ ।

संविधानमा राष्ट्रिय पार्टी बन्नको लागि प्रत्यक्षमा १ सिट र समानुपातिकमा कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ । मिश्र बाहेक विवेकशिल साझाको अन्य उम्मेद्वारले प्रत्यक्षमा जित्ने सम्भावना छैन ।

Publish on: