सन्दिप लामिछानेलाई ३२ लाखमा आइपिएल खेल्न दिल्ली डेयर डेभिल्सले लियो « Eglish Khabarhub

 सन्दिप लामिछानेलाई ३२ लाखमा आइपिएल खेल्न दिल्ली डेयर डेभिल्सले लियो



काठमाडौं । नेपाली खेलडी सन्दिप लामिछानेलाई २० लाख भारतीय रुपैयाँ खर्च गरेर दिल्ली डेयर डेभिल्सले लिने भएको छ ।

आइपिएलको लागि भएको खेलाडी अक्सनमा लामिछानेलाई २० लाख भारु खर्च गरेर दिल्ली डेयर डेभिल्सले लिने भएको भएको हो ।

५ सय ७८ जनाको अक्सन सूचीमा रहेका सन्दीप २ सय ७८ नम्बरमा थिए।
सन्दीपलाई आफ्नो क्लबबाट खेलाउन पाउँदा निकै खुसी लागेको पनि दिल्ली डेयर डेभिल्सले जनाएको छ ।

उसले ट्वीटमा लेखेको छ १७ वर्षीय लेग स्पिनर सन्दीपलाई स्वागत गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ।

आइपिएलका ८ टिमले आफ्नो टिममा बढीमा २५ र कम्तीमा १८ खेलाडी राख्नुपर्नेछ। जसमा बढीमा ८ जना विदेशी खेलाडी एक टिममा हुन सक्नेछन्।

अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले पनि यसअघि प्रशंसा गरेका थिए। ‘सन्दीप ठूलो सम्भावना भएका खेलाडी हुन्। खेलप्रति उनको लगाव एकदमै धेरै छ,’ क्लार्कले भनेका थिए।

लामिछाने आइपिएलमा छनोट भएर खेल्ने पहिलो नेपाली क्रिकेट खेलाडी हुन् ।

Publish on: