काठमाडौं । वाणिज्य, आपूर्ति तथा उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले नेता भ्रष्ट भएका कारण देश बिग्रिएको बताएका छन् ।
‘नेताहरु मन्त्री बनेपछि कमाउ धन्धामा लागे, तस्करहरु कर्मचारीलाई घुस खुवाउनतिर व्यस्त भए,’ राजधानीको भृकुटीमण्डपमा शुरु भएको ७औं अन्तर्राष्ट्रिय औधोगिक मेलाको उद्घाटन कार्यत्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भने ‘त्यसैले देश बिग्रियो ।’
मन्त्री यादबले उद्योगीहरु काममा ढिलासुस्ती भयो भने पेश्की दितिर लागेको आरोप लगाए ।
तर, अब सरकारले गल्ती गर्ने कसैलाई पनि नछाड्ने उनले चेतावनी दिए ।
‘हिँजोसम्म गल्ती गर्नेलाई छुट थियो, तर अब कसैलाई पनि छुट हुने छैन, यो सरकारले गल्ती गर्नेलाई कारबाही गर्न खुट्टा लुलो बनाउने छैन,’ उनले भने ।
देशमा अब छाता जस्तो हैन् पिरामिड जस्तो अर्थतन्त्रको विकास आवश्यक रहेको उनको भनाई छ ।
देश र जनताप्रति सर्मप्रति हुँदै सबैले काम गनुपर्ने समयमा गल्ती गर्नेलाई कारबाही गरेरै छाड्ने मन्त्री यादवको भनाइ छ ।
‘म त प्रधानमन्त्रीको सिपाइ हो । कमान्डरले भने अनुसार काम गर्ने हो । हाम्रो कमान्डर नै काम गर्नु पर्छ भने मनायसका साथ अगाडि बढ्नु भएको छ । कमान्डरले हात र खुट्टा लुलो नगरेको अवस्थामा कारबाही हुन्छ’, मन्त्री यादवले भने, ‘सिपाइले ठाउँको ठाउँमै कारबाही गरेको कहिले काँही कमान्डलाई पनि थाहा नहुनसक्छ ।’
उद्योगी र व्यापारीहरु आफ्नो हितको लागि मात्रै नीति नियम बनाइदिन आग्रह गर्ने गरेको उनले आरोप लगाए ।
SHARE YOUR THOUGHTS