काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारी कर्मचारीलाई स्वेच्छिक अवकास होइन, सीधै वर्खास्त गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले यस्तो लेखेका हुन् । सरकारले सुशासन र सम्मृद्धिको बाचा पूरा गर्ने हो भने कडा ऐन बनाएर कर्मचारीतन्त्रमा निर्मम शल्यक्रिया गर्नुपर्ने भट्टराईको सुझाब छ ।
‘दलीय ट्रेड यूनियन खारेज गरेर एकल यूनियन राख्ने, स्वेच्छिक अवकास हैन बर्खास्त गर्ने, प्राबिधिक बढाउने, सुविधा थप्ने संख्या घटाउने,’ भट्टराईले लेखेका छन्, ‘नत्र समृद्धि बिरबलको खिचडी मात्र हुन्छ है ।’
सरकारले संघीयताअनुसार सरकारी कर्मचारीको समायोजन र व्यवस्थापनको काम अघि बढाइरहेको छ । खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने सामान्य प्रसासनमन्त्री लालबाबु पण्डितले उदघोष गरिसकेका छन् ।
तर, कर्मचारीहरुले भने मन्त्रीको उक्त घोषणाको बिरोध गरिरहेका छन् ।
जसकारण अहिले सरकारी कर्मचारीको समायोजन र व्यवस्थापन जटिल बन्दै गएको छ । यस्तो अवस्थामा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले सरकारलाई निरंकुश भएर कर्मचारीमाथि व्यवहार गर्न सुझाब दिएका हुन् ।
SHARE YOUR THOUGHTS