काठमाडौं । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले कर्णालीमा सडक नपुगेको अवस्थामा काठमाडौंमा रेल किन चाहियो भनेर प्रश्न गरेका छन् ।
संसद्मा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा टिप्पणी गर्दैै कांग्रेस नेता रिजालले भने,‘कर्णालीमा विद्यार्थी सहज ढंगले विद्यालय जान सकेका छैनन्,यस्तो बेला काठमाडौं रेल किन चाहियो ?’
उनले सरकारको नीति तथा कार्यक्रम उत्साह नदेखिएको बताए ।
‘२०४८ सालपछि कांग्रेस सरकारले उत्साहका साथ नीति तथा कार्यक्रम तथा ल्याएको थियो,त्यस्तै गणतन्त्रपछि डा बाबुराम भट्टराईले पनि उत्साहका साथ ल्याउनु भएको थियो,यो पटक त्यो देखिएन’उनले थपे ।
SHARE YOUR THOUGHTS