हत्या आरोपमा सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल कैद मुक्त « Eglish Khabarhub

हत्या आरोपमा सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल कैद मुक्त



काठमाडौं । द्वन्द्वकालिन मुद्दामा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेल जेल मुक्त भएका छन्।

४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएका कैदीको बाँकी कैद माफी हुने प्रावधान अनुसार ढुंगेलको कैद मिनाह गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

उक्त सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार स्वीकृत गरेपछि डिल्ली बजार कारागारमा रहेका ढुंगेल जेलमुक्त भएका हुन् ।

आज गणतन्त्र दिवसका अवसरमा ढुंगेलसहित ८ सय १६ कैदी जेलमुक्त भएका हुन्।

Publish on: