काठमाडौं । कृषि मन्त्री चक्रपाणी खनाललले मालपोत, नापी कार्यालयमा लामो समय बसी बिचौलियासँग नेक्सस जोड्ने र भ्रष्टाचार गर्ने कर्मचारीको गोप्य लिष्ट तयार पारिरहेको बताएका छन् ।
मन्त्री खनालले गलत गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउने चेतावनीसमेत दिए ।
भूमि नीति तर्जुमाका लागि सरोकारवालासँग काठमाडौंमा भएको परामर्श गोष्ठीमा उनले मालपोत कार्यालयहरुमा आमूल सुधार गरिने जानकारी दिए ।
‘अहिले निवेदन दिँदा लामो र अप्ठ्यारा फर्म लेख्ने झन्झटमुक्त गर्न ए फोर साइजको पेपरमा सजिलो भाषामा नागरिकले सिधै निबेदन दिने ब्यवस्था गरिन्छ, यस क्षेत्रको आमूल सुधारको लागी म अहोरात्र खटिनेछु,’ उनले भने ।
जग्गा प्लटिङ्गमा बिचौलैया दलाली प्रथा हटाइने उनले जानकारी दिए । आबासयोग्य जग्गा खरिद बिक्रीको लागि बैधानिक कम्पनीमार्फत् हुने गरि कर प्रणालीमा लिइनेछ । अब कोहि ठगिनुपर्ने नपर्ने मन्त्री खनालको भनाइ छ ।
‘भूमि सम्बन्धी नयाँ नीति आउँदैछ, भूमि सबै राज्यको हो, नागरिकलाई उपयोगको हिस्सा मात्र बितरण गरिएको हो, अब कुनै पनि नागरिक सुकुम्बासी हुनुपर्दैन, जमिनलाई नयाँ तरिकाले बर्गिकरण गरी कार्यान्वयन गरिन्छ,’ उनले भने ।
कृषियोग्य जमिनमा घर बनाउन नदिइने उनले बताए ।
‘कृषिमा अब टुक्रे जमिन होइन सिङ्गो चक्लाबन्दी जमिन चाहिन्छ, भूमिको उचित ब्यवस्थापन गरिन्छ,’ उनले भने ।
जथाभाबी ब्यापारिक पसल राख्ने, उद्योगहरु स्थापना गर्ने, घरघडेरी बनाउने अब्यवस्थित शहरीकरणलाई रोकिन्छ ।
आबासयोग्य भूमिमा बढी कर लगाइन्छ र कृषि प्रयोजनको लागि लिजमा भूमि लिने दिने ब्यवस्था हुन्छ । कार्यक्रममा राष्ट्रीयस्तरका दलहरु, भूमिबिज्ञहरु लगायतको उपस्थिति थियो ।
SHARE YOUR THOUGHTS