बिजहब र अमिटीबीच सम्झौता सम्पन्न « Eglish Khabarhub

बिजहब र अमिटीबीच सम्झौता सम्पन्न



काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट सदस्यहरु संचालक रहेको बिज्हब कन्सल्टिंग सर्भिस प्रालि (बिज्हब) र अमिटी विश्वबिद्ध्यालय को समुहमा निहित अमिटी ग्लोबल भर्सिटी प्रालिबीच विभिन्न पेशागत तथा बौद्धिक विकास सम्बन्धि तालिम तथा सेमिनारका कार्यक्रमहरु नेपाल तथा विदेशमा संयुक्त रुपमा संचालन गर्न साथै अन्य सम्बन्धित विधाहरुमा पनि संयुक्त रुपमा मिलेर कार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौता पत्रमा विश्वबिद्ध्यालयको तर्फबाट भाइस प्रेसिडेन्ट सन्दिप रेवानकर र बिज्हब को तर्फबाट संस्थापक संचालक प्रदिप सिग्देलले मिति २०७५ असार १२ गते संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अमिटी विश्वबिद्ध्यालय नोएडामा सम्पन्न भइ सम्झौता पछि दुवै पक्षका पदाधिकारीहरुले उत्तरोत्तर प्रगतिको कामना गरे ।

बिजहबले यस अघि पनि नेपालमा विभिन्न तालिम तथा परामर्श सम्बन्धि कार्यहरु गर्दै आइरहेको र सम्झौता पश्चात अमिटी विश्वबिद्ध्यालयले खोज तथा अनुसन्धान गरि पत्ता लगाएका नयाँ तथा रचनात्मक मोडल हरुमा आधारित तालिम तथा कार्यक्रमहरु नेपालममा पनि संचालन गर्ने र त्यसले देशमा अबस्थित प्रतिष्ठानहरु पूर्णरुपमा लाभान्वित हुने कुरामा बिज्हबले विश्वास लिएको छ ।

Publish on: